नेपाल लाईफद्धारा मंगलबारेका श्रेष्ठ परिवारलाई ३ लाख बढी मृत्यु दावी रकम हस्तान्तरण

  • 64
    Shares
नेपाल लाईफद्धारा मंगलबारेका श्रेष्ठ परिवारलाई ३ लाख बढी मृत्यु दावी रकम हस्तान्तरण

फिक्कल: नेपाल लाईफ इन्स्योरेन्सले इलामको देउमाई नगरपालिका ४ मंगलबारेकी अम्विका देवि श्रेष्ठको परिवारलाई ३ लाख बढी मृत्यु दावी बापतको रकम हस्तान्तरण गरेको छ ।
मस्तिस्क घातका कारण निधन भएकी स्वर्गीय श्रेष्ठको परिवारलाई आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड इलाम शाखाले मृत्यु दावी बापत पाउने ३ लाख ५१ हजार ४० रुपैयाँ हस्तान्तरण गरेको हो ।
श्रेष्ठले नेपाल लाइफ इन्स्योरेन्समा १ लाख विमाङकको दुईवटा जिबन बिमा गर्नु भएको थियो । मृत्यु दाबि रकम मृतकका श्रीमान शेरमान सिह श्रेष्ठलाई हस्तान्तरण गरिएको कम्पनीका सिनियर एजेन्सी म्यानेजर सोम लुईटेलले जानकारी दिनु भयो ।