सूर्योदय नगरपालिकाद्धारा कृषि सहकारीलाई १ सय बाख्रा अनुदान

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

फिक्कल : कृषि क्षेत्रमा लगानी बढाउदै गएको इलामको पर्यटकीय नगरी सूर्योदयले वडा नं ४ र ५ कार्यक्षेत्र बनाएको उन्नतीशिल बाख्रापालना कृषि समुहलाई ५० प्रतिशत अनुदानमा विभिन्न बाख्रा वितरण गरेको छ । नगर प्रमुख रणबहादुर राईका अनुसार बाख्रा पकेट विकास कार्यक्रम अनुसार अनुदानमा १ सय वटा उन्नत जातका बाख्रा वितरण गरिएको हो ।

नगरले सानन र स्थानीय खरी जातका साथै बोयर जातका बाख्रा सहकारीलाई प्रदान गरेको थियो । नगरले पछिल्लो समय कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रमहरु अघि बढाउँदै लगेको नगर प्रमुख राईले बताए । उनले सूर्योदयका किसानको आर्थिक विकासका निम्ति निरन्तर विभिन्न कार्यक्रम सहित किसानहरुको साथमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published.