सूर्योदयको बरबोटे-गोर्खे जोड्ने १ किलोमिटर सडक कालोपत्रे

  • 210
    Shares
सूर्योदयको बरबोटे-गोर्खे जोड्ने १ किलोमिटर सडक कालोपत्रे

फिक्कल: इलामको सूर्योदय नगरपालिका वडा नम्बर ९, ३ र १ को बरबोटे , पान्दाम जील गोर्खे सडकको १ किलो मिटर कालो पत्रे सम्पन्न गरी आईतबार उघ्घाटन गरिएको छ । सूर्योदय नगरपालिका वडा नम्बर ९ को संयोजनमा भएको कार्यक्रममा सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले उक्त सडकको रिवन काटेर उघ्घाटन गर्नु भयो ।


वडा नम्बर ९ को मानेडाँडा हुँदै वडा नम्बर ३ भएर वडा नम्बर १ जोडने लक्ष्यका साथ आर्थिक बर्ष २०७६÷७७ मा १ करोड रुपैयाँको हाराहारीमा १ किलोमिटर सडक कालोपत्रे गर्ने कामका लागि सोईना कन्टक्सन संग ठेक्का सम्झौता भएको थियो । साढे ५ मिटर चौडाई भएको उक्त सडकको कालोपत्रे गर्ने कार्य हालै सम्पन्न भएपछि उद्घाटन गरिएको छ ।
सडक उद्घाटन गर्दै नगर प्रमुख राईले उक्त सडक कालो पत्रे भएपछि कृषिजन्य बस्तुको ओसारपसारमा सहजता आएको बताउनु भयो । नगर प्रमुख राईले सडक निर्माणले किसानको ओसारपसारमा लाग्ने लागत समेत घटाउने बताउनु भयो । उहाले भन्नु भयो ‘ हामी एक किलोमिटर सडक पक्की भयो भनेर बस्दैनौ, अन्य योजनामा थप कालोपत्रेका लागि निरन्तर पहल गर्छौ ।’
वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र शर्माले सूर्योदय बिकास मोडलको नमुना सडक नै उत्कृठ भएको बताउदै उक्त सडक निर्माणका क्रममा स्थानीयको चासो महत्वपूर्ण रहेको बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष तथा भौतीक पूर्वधार बिकास समितिका संयोजक होम कार्की , शसस्त्र प्रहरीका इन्सपेक्टर नविन खतिवडा,सोइना कन्ट्रक्सनका लोक बहादुर प्रधान लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

उक्त सडकलाई वडा नम्बर ३ हुँदै वडा नम्बर १ सम्म जोड्न सम्म जोड्न थप ३ किलो मिटर सडक अलवेदर सडक अन्र्तगत ग्राभेल गरिने छ । उक्त कार्यका लागि ३ करोड ५९ लाख रकम नगरले बिनीयोजन गरेको छ । ११ किलो मिटर मध्येको वाँकी रहेको ७ किलोमिटर सडक निर्माणका लागि आगामी आर्थिक बर्ष योजना थप गरिने जनाईएको छ । उक्त सडकको गुणस्तरीय कालो पत्रे गर्नका लागि वडा कार्यालयको संयोजनमा स्थानीयको एक अनुगमन समिति नै बनाईएको थियो ।
वडाध्यक्ष कार्कीका अनुसार २०३३ सालमा तत्कालिन सरकारले सर्बे गरेर तत्कालि गउँ पंचायतहरु गोर्खे , जोगमाई , नयाँबजार नामसालिङ , प्याङ , सोयाङका स्थानीयले महिनौ लगाएर सडकको ट्रयाक खोल्ने काम गरेका थिए ।
निर्माण शुरु भएर तत्कालिन सडक बिभागबाट आएको सामान्य बजेटमा केहि काम हुँदै आएको थियो । देशमा संघीयता संगै तीन सहका सरकार संचालनमा आए पछि नजिकको सरकारको रुपमा रहेको सूर्योदय नगरपालिकाले २०७४ सालमै पहिलो आर्थिक बर्षको बजेटबाटै रकम बिनियोजन गरी काम थालेको थियो । उक्त सडक निर्माणका लागि वडा नम्बर ३ का वडाध्यक्ष होम कार्कीले बिशेष पहल गर्नु भएको थियो ।
सूर्योदय नगरपालिकाले नगरले वडा १४ वटै वडा कार्यालय सम्म बाह्ै महिना सवारी संचालन गर्ने गरी बाह्मासे सडक निर्माणको काम गरिरहेको छ ।

फिक्कल नयाँबजार सडक अनुगमन

This image has an empty alt attribute; its file name is sadak-anugaman-1024x768.jpg

फिक्कल नयाँबजार सडक निर्माणको क्रममा कमसल सामग्री प्रयोग भएको गुनासो आएपछि नगरले अनुगमन गरेको छ । बरबोटेबाट नयाँबजार जाने सडकको मुखमै सडक निर्माणका लागि थुपारीएको गिटी , बालुवा कमसल भएको स्थानीयको गुनासो पछि नगरले अनुगमन गरेको हो ।
सूर्योदयन गरपालिकाका नगर प्रमुख रणबहादुर राई सहितको टोलीले अनुगमन गर्दै सडकको ठेक्का लिएको खनाल कन्ट्रक्सन कम्पनीका प्रतिनिधिलाई गुणस्तरीय काम गर्न सुझाव दिएको छ । दुबै पक्ष बिच भएको छलफलमा गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाइएको छ । नगर प्रमुख राईले गुणस्तरीय काम गर्न अनुरोध गर्दै कम्पनीलाई काममा नगरले सक्दो सहयोग गर्ने जानकारी दिनु भयो ।