प्रवासी नेपालीको गास कटाएर चुलाचुलीमा एम्बुलेन्स

  • 25
    Shares
प्रवासी नेपालीको गास कटाएर चुलाचुलीमा एम्बुलेन्स

इलाम : इलामको चुलाचुली घर भई वैदेशिक रोजगारीको क्रममा विदेशमा गएका नेपालीहरुले आर्थिक रकम संकलन गरेर एम्बुन्स खरिद गरेका छन् । प्रवासी संजाल चुलाचुलीले रु १० लाख ४२ हजार दुई सय २२ रुपैयाँको लागतमा नयाँ एम्बुलेन्स खरिद गरेको हो ।

चुलाचुली ३ स्थित किरातेश्वर मा.विको प्राङ्गणमा शनिवार एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स सेवा सुचारु बारे जानकारी गराईएको छ । कार्यक्रममा एम्वुलेन्स खरिद अभियानमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाईलाई सम्मानपत्रले सम्मान समेत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा चुलाचुलीका सामाजिक विकास प्रमुख रामप्रसाद राई, वडा नं. ३ का अध्यक्ष नरेन्द्र लावती, चुलाचुलीका समाजसेवी गणेश फागो, राजेन्द्र केरुङ, कंञ्चन राई, लोकनाथ पौड्याल, गजेन्द्र याख्खा लगायको उपस्थिति रहेको थियो । गृहखबरबाट साभार