इलामको सूर्योदयमा फस्टाउदै बङ्गुर व्यवसाय

  • 272
    Shares
इलामको सूर्योदयमा फस्टाउदै बङ्गुर व्यवसाय


धड्कन शर्मा फिक्कल:


इलामको सूर्योदय नगरपालिका ३ रहेको फुर्बा बङ्गुर फार्ममा आज सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भुमी ब्यबस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश १ बिराटनगरको १०लाख र फार्म मार्फत ३ लाख ५४ हजार ९० रुपैया गरी कुल १३ लाख ५४ हजार ९० रुपैया बराबरको अनुदान अन्तर्गतको लागतमा निर्मित फुर्बा बङ्गुर फार्मको आय ब्याय सस्थाका संचालक सागर योल्मुले प्रस्तुत गर्नुभयो।
कार्यक्रममा सुनपा ३ का वडाध्यक्ष होम कार्कीले ब्याबसायिक पशुपालन कार्यक्रमले लगनशिल किसानलाई उत्साहित बनाएको बताउनु भयो । कार्कीले बर्तमान समयमा कगजी प्रक्रियाका केही सस्थाहरुले दिगो ब्यवसाय गर्ने सस्थालाई असर पारिरहेको बताउदै त्यसो नगरी दिगो फार्म सन्चालन गर्न सबैलाई आग्रह गर्नुभयो ।
२०६९ सालदेखि सन्चालनमा आएको उक्त फार्ममा हाल योर्कसाएर,ह्यामसाएर,डयुरोक,ल्यान्डरेश जस्ता उन्नत जातका बङ्गुर उत्पादन हुँदै आएको सस्थाका फुर्बा योल््मुले बताउनु भयो ।
मझौला ब्याबसाहिक बङ्गगुर पालन अन्तर्गत उक्त फार्ममा हाल ८०र८५ को संख्यामा बङ्गुर रहेका छन। फार्ममा हालसम्म २० लाख बढी लगानी रहेको छ । फार्मको मुख्य बजार भने भारतको सिक्किम ,दार्जिलिङ र मिरिक रहेको सन्चालक सागर योल्मोले बताउनुभयो ।