इलामको सूर्योदयमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी बन्दै

  • 90
    Shares
इलामको सूर्योदयमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी बन्दै

गोपाल गिरी, कन्याम:


वेरोजगारी समस्या लाई सम्बोधन गर्न आयोजित प्रधानमन्त्री स्वरोजगार कार्यक्रम देशका विभिन्न जिल्ला हरुमा जस्तै सुर्योदय नगरपालिका पनि प्रभावकारी देखिएको छ।
सुर्योदय नगरपालिका वडा नम्बर ६ कन्याम मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत ऐले हर्कटे देखि फाजिगाउ हुदै वडा कार्यालय रहेको स्थान कन्याम सम्म जम्मा तीन किलोमिटर भन्दा केही बढि नाली पेटि गर्ने ,वाल लगाउने तथा ठाउँ ठाउँमा सोलिङ गर्ने काम धमाधम भईरहेको छ।
३००भन्दा वडाका बेरोजगार हरु को नाम सुचिकृत भएकोमा यश चरणमा विभिन्न कारणले ६३जना बेरोजगार हरुले दैनिक ५१७ रुपैया पारिश्रमिकमा काम गरिरहेका छन्।
जम्मा १००दिन सम्म संचालन गरिने स्वरोजगार कार्यक्रममा पुरुष भन्दा वढि महिला को संख्या रहेको तथा पुरुष सरह ढुङ्गा फोर्ने, माटो फाल्ने बेल्चा हान्ने लगायतका काम मा उनीहरूको सकृय सहभागीता रहेकोथ देख्न सकिन्छ ।
पैले पैले श्रम दानमा यस्ता काम गर्नु परेको ऐले आफ्नो गाउँको विकास सगै रोजगार मा सामेल बन्न पाएकामा खुसी व्यक्त गर्छिन त्यै कार्यरत श्रमिक सीता महत ।
आफू लगायत नगरप्रमुख रणवहादुर राई ले समेत कामको अनुगमन गरिरहेको वताउदै वडाध्यक्ष शीवकुमार बस्नेत आफू हरु स्वरोजगार म खटिने श्रमिक हरुले गरेको काम बाट अत्यन्तै खुसी रहेको बताउनु भयो ।