माईजोगमाई गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

माईजोगमाई: माईजोगमाई गाउँपालिका इलामको नवौ गाउँसभा आज माइजोगमाइ गाउँपालिकामा सम्पन्न भएको छ । गाउँसभा माइजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राइको अध्यक्षतामा माइजोगमार्इ गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

माईजोगमाई गाउँपालिकामा २०७७ फाल्गुन मसान्त सम्ममा जम्मा आम्दानी रु ३६,३४,५१,२६४।०९ पैसा रहेको छ भने २०७७ फाल्गुन मसान्त सम्मको खर्च रु १८,१६,७६,२०६।२४ पैसा रहेको छ भने माइजोगमाइ गाउँपालिकाको फाल्गुन मसान्त सम्मको आन्तरिक राजश्व आम्दानी रु ३९,७१,९१५।४० पैसा रहेको छ भने माइजोगमाइ गाउँपालिकाले आर्थिक बर्ष २०७७र०७८ मा रु ८२,९०,०००।( आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

माइजोगमाइ गाउँपालिकामा आर्थिक बर्ष २०७७र०७८ मा गाउँपालिका स्तरीय ,प्रदेश समपुरक अनुदान ,संघीय समपुरक अनुदान र संघिय विशेष अनुदान गरेर जम्मा २३२ वटा योजनाहरु रहेकोमा १५९ वटा योजनाहरुको सम्झौताहरु भइसकेको छ भने ६३ वटा योजनाहरुको काम सम्पन्न भइसकेको मा १३४ वटा योजनाहरु बाकी रहेको माइजोगमाइ गाउँपालिका योजना शाखा प्रमुख बिरध्वज लिम्बूले योजना प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । माइजोगमार्इ गाउँपालिकाको नवौ गाउसभाले १ करोड बराबरको योजनाहरु समेत थप गरेको छ ।

Leave a Reply

Your email address will not be published.