प्रतिमान विश्वकर्मा स्मृति अक्षयकोष स्थापना

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस

प्रतिमान विश्वकर्मा स्मृति अक्षयकोष स्थापना एवं हस्तान्तरण कार्यक्रम आज पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका वडा नं. ४ (साबिक रानीगाउँ गाविस-८) स्थित सिद्ध माध्यमिक विद्यालय तिङ्देनमा सम्पन्न भयो ।

वि.सं. १९९६ चैत १२ गतेका दिन जन्मनु भई वि.सं. २०६७ बैशाख ३१ गते दिवङ्गत हुनुभएका विश्वकर्माको स्मृतिमा परिवारका सदस्यहरुले एक लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरि एक कार्यक्रमको आयोजना गरेर विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

अक्षयकोष विश्वकर्माकी श्रीमती पृथिमाया विश्वकर्मा, छोरा बुहारीहरु देवेन्द्र र कविता विश्वकर्मा, राजेन्द्र र शोभा विश्वकर्मा , छोरी जुवाईहरु खोमादेवि र हरि रसाइली, चन्द्र र अमृत रसाइली एवं छोरीहरु तारा विश्वकर्मा र माया विश्वकर्मा समेतको पहल र योगदानमा अक्षयकोष स्थापना र हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्र सम्बाहाम्फेले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं कुम्मायक-४ का जननिर्वाचित वडाध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अक्षयकोषदाता पृथिमाया विश्वकर्मासहित परिवारले भौचर र चेकबुक हस्तान्तरण गरेको थियो भने विद्यालय परिवारले विश्वकर्माको योगदान समेटिएको धन्यवाद पत्र अक्षयकोषदाता परिवारलाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा प्रतिमान विश्वकर्माका जेठा छोरा देवेन्द्र विश्वकर्माले अक्षयकोष स्थापनाको बारेमा बोल्नुभएको थियो भने विश्वकर्माका नाति नवराज शंकर, कुम्मायक गाउँ कार्यपालिका सदस्य तारा लुइँटेल, समाजसेवीहरु भुपेन्द्र रसाइली, पदम विश्वकर्मा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको संचालक विद्यालयका प्रअ नरेन्द्र सम्बाहाम्फेले गर्नुभएको थियो । अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजको पैसाले हरेक बर्ष चैत १२ गतेका दिन प्रतिमान विश्वकर्माको जन्मदिन पारेर उत्कृष्ट छात्रा र छात्र एक/एक जनालाई छात्रवृत्ति प्रदान गरिने प्रअ सम्बाहाम्फेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.