महालक्ष्मी लाइफद्धारा मृत्यू दाबी रकम भुक्तानी

घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

टीका खतिवडा,इलाम: महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक ५ लाखको मृत्यू दाबी रकम भुक्तानी गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका ४ स्थित रेशम माझीका परिवारलाई सो रकम हस्तान्तरण गरिएको हो । रु ५ लाखको जीवन हेरचाह बिमा गरेका माझीका परिवारलाई कम्पनीका एक नम्वर प्रदेशका उप क्षेत्रीय प्रबन्धक प्रदेश गुञ्जन थापा र कानेपोखरी गाउँपाकिलाका प्रमुख ताराबहादुर काफ्लेले सम्युक्त रुपमा पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।
बिमा बापत पहिलो बिमाशुल्क तिरेको १२ दिनपछी माझीको मृत्यू भएको थियो । करेन्ट लागेर मृत्यु भएका माझीका परिवारलाई महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनीले एक कार्यक्रमका बिच रु ५ लाख को पहिलो दाबी भुक्तानी दिइएको एक नम्वर प्रदेशका उप क्षेत्रीय प्रबन्धक प्रदेश गुञ्जन थापाले जानकारी दिए । अब अझै कम्पनीले प्रत्येक तिन महिनामा १२ हजार ५ सयका दरले १४ वर्षसम्म बच्चालाई पढाई खर्च बापतको रकम हस्तान्तरण गर्ने बताइएको छ । साथै बिमा अवधी समाप्त भएपछि पुन नगद ५ लाख र बोनश रकम समेत भुक्तानी दिइने कम्पनीले जनाएको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सको दाबी रकम भुक्तानी पछि कार्यक्रममा बोल्दै कानेपोखरी गाउँपालिकाका प्रमुख काफ्लेले वास्तवमै बिमाले परिवारको आश्रीतको दोस्रो अभिभावकको भुमिका निर्वाह गरेको भन्दै कम्पनीलाई धन्यवाद ब्यत्तः गरेका थिए । उनले बिमा प्रति पछिल्लो समय चासो बढ्दै गएकाले बिमा गरेर बचत साथै जोखिम बहन कार्यक्रममा सहभागी बन्न समेत सबैलाई आग्रह गरे ।
नेपालकै कान्छो कम्पनीका रुपमा रहेको यस महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ र पृथक योजना लिएर अघि बढिरहेको छ । यस कम्पनीमा साथी कम्पनी सङ्ग बजारको आवश्यक्ता अनुसारको एकपटक मात्रै थोरै पैसा तिर्दा पनि सम्पुर्ण जोखिम बहन गर्ने लगानी फिर्ता म्यादी बिमा, बिमाङ्कको ३ गुणासम्म जोखिम बहन गर्ने बार्षिक धनफिर्ता जस्ता बिमा योजना लगायत बिमा गर्दा अनिवार्य डब्बल भुक्तानी दिइने डब्बल जस्ता आकर्षक बिमा योजनाहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published.