इलाममा होटल हाम्रो पोखरेली संचालनमा

  • 321
    Shares
इलाममा होटल हाम्रो पोखरेली संचालनमा

इलाम: नीजि क्षेत्रबाट लगानी गरिएको तेस्रोे होटल हाम्रो पोखरेली मंगलबारदेखि संचालनमा आएको छ । युवा होटल व्यवसायी एवम् पर्यटन कर्मी विजय राईले करिव चार करोड लगानीमा निर्माण गरी होटल संचालन शुरु गर्नुभएको हो । होटल हाम्रो पोखरेलीको मंगलबार इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले उद्घाटन गर्नुभयो ।
होटल उद्घाटन कार्यत्रलममा प्रमुख बराल, इलाम नगर प्रमुख महेश बस्नेत, नेपाली काँग्रेस इलामका सभापति हिमालय कमाचार्य, मोहनसिंह थेवे, धर्म गौतम समेतका वक्ताले पर्यटन क्षेत्रको प्रवद्र्धनमा होटल व्यवसायको महत्वपुर्ण भुमिका रहने भएकाले पर्यटन मैत्री संचालन गर्न आग्रह गर्दै शुभकामना दिनुभयो । कार्यक्रममा इलामका पुराना होटल व्यवसायि तुल बहादुर देवान, केदार सापकोटा, र फूरी शेर्पालाई सम्मान गरिएको थियो ।
सेमिनार हल सहितको होटलमा ५० जना पाहुना राख्न सकिने बताइएको छ । होटलमा पार्कीड. सहित बार र रेष्टुरेन्ट समेत रहेको छ । संचालक राईले १६ जना युवालाई रोजगारी दिएर होटल संचालनमा ल्याएको बताउनुभयो ।