माईमा तरकारी खेती सम्बन्धि १८ दिने तालिम सम्पन्न

  • 11
    Shares
माईमा तरकारी खेती सम्बन्धि १८ दिने तालिम सम्पन्न

इलाम:माईनगरपालिकाको दानावारीमा गरिवी निवारणकोका लागि लघुउधम विकास कार्यक्रम अन्तर्गत व्यवसायिक तरकारी खेती सम्बन्धि १८ दिने सीप विकास तालिम सम्पन्न भएको छ। पिरामिड टेक्निकल ईन्स्टिच्युट प्रालि ईलामको आयोजना र माई नगरपालिका ईलामको सहयोगमा नगर भित्रका १४ जनाको सहभागिता रहेको थियो ।
खेमराज भट्टराईको सहजीकरणमा सम्पन्न तालिममा माई ४ का वडाध्यक्ष सुर्यप्रसाद दुलालको प्रमुख आथित्यता, आयोजक संस्थाका हेमन्त गौतमको अध्यक्षता र निरुता थापाको सन्चालनमा सम्पन्न भएको हो ।
माई प्रशासन शाखा प्रमुख नविन कुमार पौड्याल, करुणा फाउण्डेसन नेपाल माईका समुदाय संयोजक विमल दहाल, सहभागीहरु सुक बहादुर राई र देवि माया योङ्गहाङ लगायतले मन्तव्य राखेको कार्यक्रमको समापनमा सहभागीहरुले कृर्षि सम्बन्धि औजार, वालि विमा, थोपा सिचाई सम्बन्धि सहयोग, उत्पादित सब्जी ‌भण्डार लगायत ब्यबस्थापनमा स्थानीय सरकार संग सहयोगको अपेक्षा गरेका थिए ।