माईजोगमाईको प्रेमेजुङमा आगलागि हुँदा एक घर जलेर नस्ट, १० लाख बढीको क्षती

  • 139
    Shares
माईजोगमाईको प्रेमेजुङमा आगलागि हुँदा एक घर जलेर नस्ट, १० लाख बढीको क्षती

नयाँबजार: इलामको माईजोगमाई गाउँपालिका १ प्रेमेजुङमा बिद्युत सर्ट भई आगलागि हुँदा एक घर जलेर नस्ट भएको छ ।
बुधबार बिहान ११ः३० बजेको समयमा घरमा जोडिएको बिधुत लाईन सर्ट हुँदा बिमल राईको घरमा आगो लागेको हो । घर पूर्ण रुपमा जलेको छ ।घरमा भएको सबै सर सामान जलेर नस्ट भएको छ ।
घरमा भएको सुन चादी, लत्ता कपडा खाद्यान्न र कागजपत्र सहित नगद ५६ हजार रुपैया जलेर नष्ट भएको छ । आगलागिबाट जम्मा १० लाख बराबरको छ्यती भएको स्थानीय संचारकर्मी बिनु खड्काले जानकारी दिनु भयो ।
दिउसोको समयमा आगलागी भएका कारण स्थानियको पहलमा आगो नियन्त्रणमा आईसकेको छ । आगलागिको नयाँबजार प्रहरी चौकीले मुचुल्का उठाई सकेको छ ।