जोगमाई हाईड्रोद्धारा सूर्योदय र माईजोगमाइलाई ६ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

  • 427
    Shares
जोगमाई हाईड्रोद्धारा सूर्योदय र माईजोगमाइलाई ६ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

फिक्कल: कारोनाको दोस्रो लहरको चाप बढीरहेका बेला इलामको सानभी इनर्जी प्रा.लि. द्धारा संचालित जोगमाई हाईड्रो पावरले इलामका दुईवटा पालिकालाई ६ थान ठूलो अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
सूर्योदय नगरपालिकामा एक कार्यक्रम गरी हाईड्रो पावरका संचालक पाल्देन काजीले सूर्योदय नगरपालिकालाई ४ थान र माईजोगमाई गाउँपालिकालाई २ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई, वडा नम्बर १० का अध्यक्ष पेमा उगेन लामा , नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ फोकल पर्सन बिपुल अधिकारी , स्थानीय संचारकर्मी सहभागी कार्यक्रममा हाईड्रो पावरका संचालक पाल्देन काजीले अक्सिजन सहितको ठूलो ४ थान सिलिण्डर हस्तान्तरण गर्नु भयो ।
उहाले माईजोगमाई गाउँपालिकालाई २ थान सिलिण्डर पठाईने जानकारी दिनु भयो । उहाले संकटको बेलामा नागरिकको सुरक्षाका लागि सिलिण्डर हस्तान्तरण गरिएको बताउनु भयो । नगर प्रमुख राईले संक्रटको समयमा हाईड्रोले उपलब्ध गराएको ४ थान अक्सिजन सहितका्े सिलिण्डरले नगरबासीको ज्यान बचाउन सहयोग गर्ने बताउनु भयो ।
सूर्योदय नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमाउगेन लामाले अन्य कम्पनी संग भएको सिलिण्डर पनि नगरलाई उपलब्ध गराउन अनवहान गर्नु भयो । उहाले कोभिडको संकट हटेपछि यसरी लिईएको सिलिण्डर फिर्ता गरिने बताउनु भयो ।
नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ फोकल पर्सन बिपुल अधिकारीले प्राप्त भएका ४ वटै अक्सिजन सिलिण्डर पशुपतिनगरमा स्थापना गरिएको १० बेडको कोभिड अस्पतालमा पठाईएको जानकारी दिनु भयो । अधिकारीका अनुसार यस अघि कोभिड अस्पतालमा ४ वटा सानो अक्सिजन सिलिण्डर मात्र रहेको जानकारी दिदै प्राप्त भएका ठूलो ४ वटा सिलिण्डरले १० बेडको अस्पतालमा कोभिड संक्रमित राख्दा पर्याप्त हुने जानकारी दिनु भयो । अधिकारीले कोभिड संक्रमित बिरामीको अक्सिजन लेवल ९२ भन्दा कम भएका दिन शुरु गर्नु पर्ने र ८५ भन्दा कम भएमा अझ बढी अक्सिजनको आवश्यक्ता पर्ने बताउनु भयो ।
यसै बिच सूर्योदय नगरपालिकाले आजबाट पीसीआर परीक्षण समेत गराउन थालेको छ । पशुपतिनगर र फिक्कलमा अव स्थानीयले प्रति ब्यक्ति १ हजार रुपैया ँतिरेर पीसीआर परीक्षण गराउन पाउने भएका हुँन । नगरले पहिचान गरेका र संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेकाले शुल्क तिर्नु पर्ने छैन । कसैलाई संका लागेर परीक्षण गराउन मन गर्ने भए उक्त शुल्क तिर्नु पर्ने जनाईएको छ ।