बिउ आलु र अदुवाको उत्पादनमा इलाम जिल्ला आत्मानिर्भर बन्दै

बिउ आलु र अदुवाको उत्पादनमा इलाम जिल्ला आत्मानिर्भर बन्दै

प्रेम अधिकारी जौबारी,इलाम:

उन्नत जातको आलु र अदुवाको खेती शुरु गरिएपछि इलाम जिल्ला बिउँ आलु र अदुवाको उत्पादनमा आत्मानिर्भर बन्दै गएको छ ।
कृषि अनुसन्धान केन्द्र जौबारीले उन्नत जातको बिउँ आलु र अदुवा किसान समक्ष पु¥याए पछि बिउँ आलु र अदुवाको उत्पादनमा इलाम जिल्ला आत्मानिर्भर बन्न थालेको हो ।
कृषि अनुसन्धान केन्द्र जौबारीको अगुवाईमा अहिले जिल्लाका किसानले समुह– समुहमा बिउँ आलु र अदुवाको उत्पादन गर्न थालेका छन । केन्द्रको प्राविधिक सहयोगमा अहिले जिल्लाको माईजोगमाई गाउँपालिका , सन्दकपुर गाउँपालिका र सूर्योदय नगरपालिकाका बिभिन्न क्षेत्रमा किसानले ब्यत्तिगत रुपमा र कृषि सहकारी संस्थाले समुहगत रुपमै उन्नत जातको बिउँ आलु र अदुवाको उत्पादन गरिरहेका छन् ।
अहिले कृषि अनुसन्धान केन्द्रले ४ हेक्टर क्षेत्रफल जमिनमा बिउँ आलुको उत्पादन तथा अनुसन्धानात्मक परिक्षणहरु संचालन गर्दै आएको छ । केन्द्रले खासगरी जनकदेव , खुमल सेतो, खुमल उज्वल जातको बिउँ आलुको उत्पादन गर्दै आएको छ । उत्पादन भएका मध्ये जनकदेव जातको बिउँ आलुको माग ९० प्रतिशत भन्दा बढी रहेको पाईएको छ । उक्त जनकदेब जातको आलुको उत्पादन प्रति रोपनी औसत २० देखि २५ क्विीन्टल सम्म उत्पादन हुँदै आएको केन्द्र प्रमुख जनार्जन गौतमले जानकारी दिनु भयो ।
केन्द्रले स्थानीय पालिकाहरु संग समन्वय गरी किसानलाई बिउ आलुको उत्पादनमा प्रेरित गर्दे आएको छ । मुख्य गरी आलु उत्पादन हुँने इलामको माईजोगमाई गाउँपालिकाको नयाँबजारमा केन्द्रले श्री कालिका देवी कृष सहकारी संस्थामा बिउ आलुको भण्डार घर (रष्ट्रिक स्टोर) निर्माण गरीदिए पछि किसानहरु थप बिउँ आलुको उत्पादनमा लागेका छन । उक्त सहकारी संस्थाले यस बर्ष १७ टन बिउ आलु उत्पादन गरी कृषकमाझ पुर्याएको छ भने आगामी बर्ष त्यसलाई बढाएर ४० टन बिउ आलु उत्पादन गर्ने लक्ष राखेको छ । संस्थाले बिउँ आलुको उत्पादनमा जिल्लालाई आत्मानिर्भर बनाई छिमेकी जिल्लाहरु पाँचथर र ताप्लेजुमा समेत बिउँ लैजाने लक्ष्य लिएको संस्थाका अध्यक्ष उमाकान्त भट्टराईले जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘ किसान बिउ आलु उत्पादनमा सक्रिय लागेका छन , उत्पादन बढने पक्का छ ।’
उन्नत जातको आलु र अदुवामा रोग र किराको संक्रमण समेत कम हुँने भएपछि किसानहरु उन्नत जातको बिउँ आलु र अदुवाको उत्पादनमा सक्रिय भई लागि रहेका छन् । सूर्योदय नगरपालिका ३ को रुङसुङमा किसानले समुह बनाएरै जनकदेव जातको बिउँ आलुको उत्पादन गर्दे आएका छन् । स्थानीय जनजागृति कृषि समुह मार्फत उक्त ठाउँका किसानले आलुको उन्नत जात लगाएर ब्यवसायीक खेती गर्दे आएका छन । कृषि अनुसन्धान केन्द्र जौबारीको प्राविधि सहयोगमा उन्नत जातको बिउ आलु ल्याएर खेती गर्न थालिएपछि अहिले उक्त गाउँ नै आलुको ब्यवसायीक खेतीमा लागि परेको छ । समुहका अध्यक्ष समेत सहनु भएका रत्न बहादुर लिम्बुले ६४ मन बढी जनकदेव जातको आलुको खेती गर्नु भएको छ । उहाको अनुभवमा रोग किरा नलाग्ने र प्रसस्त उत्पादन हुँने भएकाले उक्त जातको आलु खेतीले घरको आर्थिक अवस्था र जिवन शैलीमा परिवर्तन आएको छ ।
उक्त समुह मार्फत १४ जना किसानले उन्नत जातको बिउँ आलु लगेर उत्पादनमा लागेका छन् । उक्त क्षेत्रमा आलु प्रसस्त उत्पादन भए पनि भण्डारको अभावले गर्दा बिउँको रुपमा प्रयोग गर्न भने कठिन रहेको आलु उत्पादक किसान राजकुमार सुब्बाले बताउनु भयो ।
कृषि अनुसन्धान केन्द्रको प्राविधि सहयोग पाउनु अघि अन्धाधुन्द आलु र अदुवाको खेती गर्दे आउनु भएका सूर्योदय नगरपालिका ११ का अग्रणी किसान राजकुमार प्रधान केन्द्रको प्राविधिक सहयोगले नमुना किसानको रुपमा स्थापित बन्नु भएको छ । जनकदेव जातको आलु लगाउनु भएका प्रधानले प्रति मन २० मनका दरले आलु उत्पादन गर्नु भएको छ । हिउदे आलु लगाउनु भएका प्रधानले आलु खने लगतै उन्नत जातको कपुरकोट अदुवा २ लगाउने गर्नु भएको छ । प्रधानले जिल्लालाई उन्नत जातको बिउ अदुवामा आत्मानिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिनु भयो । उहाले उत्पादन भएको बिउ अदुवा किसानलाई बितरण गर्दे आउनु भएको छ ।
बिभिन्न कृषि सहकारी मार्फत केन्द्रको प्राविधिक सहयेगमा जिल्लाका अग्रणी किसानलाई उन्नत जातको बिउँ आलु र अदुवा उपलब्ध गराईदै आएको छ । सूर्योदय नगरपालिका वडा नम्बर ११ आईतबारेमा रहेको कृषि कर्म समुहका सचिब नरेन्द्र कुमार प्रधानले किसानलाई उन्नत जातको बिउ आलु र अदुवाको खेती शुरु गराउनु भएको छ । सचिब प्रधानको अनुभवमा बिउ भण्डारण केन्द्र र बजार मुल्य किसानका लागि समस्याको रुपमा रहेका छन् । सचिब प्रधानले भन्नु भयो ‘उच्पादन भएर मात्र हुँदैन भण्डार गर्न र उचित बजार मुल्य पनि किसाले पाउनु पर्छ ’
यस्तै इलामको सूर्योदय नगरपालिकाको गोर्खेमा कृषि अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा ब्यापक मात्रामा बिउ अदुवाको उत्पादन गर्न थालिएको छ । नयाँ जातको बिउँ कपुरकोट अदुवा १ को उत्पादनमा किसान लागि परेका छन् । केन्द्रको सहयोगमा गोर्खे कृषि सहकारी संस्था मार्फत सल्यानबाट बिउँ ल्याएर किसानलाई बितरण गरिएपछि खेती शुरु भएको हो । परम्परागत अदुवाको उत्पादन कम हुने र रोग किरा लाग्ने भएपछि किसान हैरान बन्दै आएका थिए । नयाँ जातको अदुवामा रोग किरा नलाग्ने र उत्पादन समेत दोब्बर हुने भएपछि किसानले ब्यवसायीक खेती शुरु गरेका छन । गोर्खे कृषि सहकारी संस्थाका अध्यक्ष पुष्पलाल आचार्यले सहकारी मार्फत उत्पादन गरिएको कपुरकोट अदुवा १ को बिउँ इलाम सहित ताप्लेजुङ र पाँचथरमा लैजाने योजना रहेको बताउनु भयो ।
कृषकको बारिमा गरेको अदुवाको जातयि प्रमाणीकरण परिक्षणमा स्थानीय अदुवाको जातले प्रति हेक्टर १३ देखि १४ टन सम्म उत्पादन दिएकोमा उन्नत जात कपुरकोट अदुवा १ ले प्रति हेक्टर २५ टन र कपुरकोट अदुवा २ ले प्रति हेक्टर २६ टन सम्म उत्पादन दिएको पाईएको छ ।
कृषि अनुसन्धान केन्द्र जौबारीले बिउँ आलु र अदुवाको उत्पादनमा इलाम जिल्लालाई आत्मा निर्भर बनाउनका लागि किसानलाई थप सहयोग गर्दै जाने लक्ष्य लिएको छ । केन्द्र प्रमुख जनार्जन गौतम किसानका घर घर पुगेर बिउ आलु र अदुवाको उत्पादनमा लाग्न किसानलाई प्रेरित गर्दै आउनु भएको छ
कृषि अनुसन्धान केन्द्र जौबारीले गरेका बिभिन्न बिउ आलु उत्पादन सम्बन्धी क्रियाकलापमा स्थानीय पालिकाहरुको समेत प्रत्यक्ष संम्लग्नता रहदै आएको छ । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले बिउ आलुको उत्पादन अझ बढाउन सक्ने हो भने जिल्लालाई बीउ आलु उत्पादनमा आत्मानिर्भर बनाई बिउ आलु बिक्रीबितरणबाट कृषकको आय आर्जनमा बृद्धि गर्न सकिने बताउनु हुन्छ ।
गत बर्ष लगभग २० टन बिउ आलु बाहिरी जिल्लाबाट आयात गरी कृषकहरुले आलु खेती गरेका थिए । गत बर्ष केन्द्रमा ७ टनमा सिमीत रहेको बिउ आलु उत्पादन बढेर यस बर्ष १३ टन र समुदायमा १७ टन उत्पादन भएको हुँदा यस बर्ष बाहिरी जिल्लाबाट बिउ आलु ल्याउनु नपरेको केन्द्र प्रमुख जनार्जन गौतमले बताउनु भयो । प्रमुख गौतमले भन्नु भयो ‘ शुरुवातती चरणमै किसानले राम्रो उत्पादन गर्न थालेका छन, हामी जिल्ला भर उन्नतजातको आलु र अदुवा उत्पादनमा किसानलाई प्रेरित गर्दै छौ ।
जिल्लामा बिउको माग बढी भएको हुँदा बिउ आलु र अदुवाको उत्पादन बढाउनु पर्ने केन्द्रले जनाएको छ । समुदायमा बिउ आलु भण्डारका लागि नमुना भण्डारघर माईजोगमाई गाउँपालिका १ को नयाँबजारमा बनाईसकेको छ । केन्द्रले स्थानीय पालिकाहरु संग समन्वय गरी २ हजार मिटर भन्दा माथीको उचाईमा उक्त नमुना भण्डार घरलाई आधार मानी ठूलो साईजको आलु भण्डारण घर बनाएर बिउ आलु उत्पादनमा सहयोग गर्न स्थानीय पालिकाहरुलाई आग्रह गरेको छ । आलु र अदुवाको उन्नत जात पाएर ब्यवसायीक बिउ उत्पादनमा लागेका इलामका किसानको आर्थिक अवस्थामा समेत सुधार आएको छ ।