इलाम अस्पताललाई ६ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

इलाम : इलामेहरुको पीडामा मल्हम पट्टी अभियान स्वरुव नीजि क्षेत्रबाट संकलन भएको स्वास्थ्य सामग्री विहिबार इलाम अस्पताललाई हस्तान्तरण गरिएको छ । प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मंत्री राम राना, प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्का , उद्योग बाणीज्य संघका अध्यक्ष इश्वर चिपालु मार्फत सामग्री संयुक्त रुपमा हस्तान्तरण गरिएको अभियानका निरोज खड्गीले जानकारी दिए । मंत्री रानाले कोभिड रोकथामको पहलमा सवै क्षेत्रबाट आवश्यक सहयोग जुटाउने बताए ।
इलाम अस्पताललाई करिव ६ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको छ । दुइ थान अक्सीजन कन्सन्ट्रेटर, अक्सीमीटर, थर्मल गनहरु, पी पी इ, मास्क, सेनिटाइजर लगायतका विभिन्न सामग्री हस्तान्तरण भएको इलाम उद्योग बाणीज्य संघका बाणीज्य उपाध्यक्ष दिपेश श्रेष्ठले जानकारी दिए । इलाम अस्पतालका मे सुु डा प्रभु शाहले अस्प्ताललाई आवश्यक सामग्री पाएको जानकारी दिए । उनले अस्पताललाई जनशक्ति अनुरुप साना तिना स्वास्थ्य सामग्री ग्लोव र पी पी इ सेटहरु आवश्यक भइरहने बताए ।
अभियानबाट इलाम अस्पताल र जिल्लाभरि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने र अन्य सहयोग गर्ने उदेश्य रहेको खड्गीले बताए । कोरोना महामारीको उच्च जोखिम रहेका बेला नीजि क्षेत्रबाट सहयोग जुटाएर संक्रमीतहरुलाई राहत पुग्ने विश्वास रहेको नेपाल रेडक्रस सोसाइटीका उपसचिव उत्तम पौडेलले बताए ।
कोरोना संक्रमित हरुका लागि आउने सहयोगलार्ई पारदर्शि रुपमा परिचालन गर्न इलाममा पनि कोभिड व्यवस्थापन राहत कोष मार्फत सहयोग जुटाएका छन् । इलाम उद्योग बाणीज्य संघ, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासंघ , निर्माण व्यवसायि संघ जस्ता संस्थाले सहयोग जुटाउन पहल गरेका छन् । अभियानमा स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग जुटाएको र जुट्ने क्रम जारी रहेको इलाम उद्योग बाणीज्य संघका अध्यक्ष इश्वर चिपालुले जानकारी दिए । यस अघि संघले इलाम अस्पताललाई पाँच थान पेसेन्ट बेड उपलव्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published.