सन्दकपुरका आगलागी पीडितलाई राहत

सन्दकपुरका आगलागी पीडितलाई राहत

इलाम: आगलागीका कारण घर जलेर विस्थापित भएका सन्दकपुर ५ जमुनास्थित मझुवा निवासी मतिलाल सुनुवारलाई गाउ“पालिकाले राहत वितरण गरेको छ ।
सन्दकपुर गाउ“पालिका वडा नं. ५ का अध्यक्ष जितवहादुर सा“वाको नेतृत्वमा गएको टोलीले सुनुवार परिवारलाई नगद २० हजार रुपैया“सहित अत्यावश्यक सामाग्री प्रदान गरेको हो । सुनुवार परिवारलाई त्रिपाल, भा“डाकुटा, लत्ताकपडालगायतका सामाग्री प्रदान गरिएको थियो ।
शुक्रवार राती १० बजे अचानक आगोलाग्दा २ तले काठको घर र भान्साघरमा पूर्णरुपमा क्षति भएको थियो । आगलागीवाट अन्नपात, लत्ताकपडा, फर्निचर टिभि मोवाइललगायतका सामाग्री जलेर नश्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा १२ लाख रुपैया“ भन्दा धेरै क्षति भएको जनाएको छ । स्थानीयवासीले तत्काललाई अस्थाई टहरा निर्माण गरेर पीडित परिवारलाई बासको व्यवस्था मिलाएका छन् ।