शसस्त्र प्रहरीले इलामको रम्फोकबाट ४० बोरा मल र साबुन बरामद गरी भन्सार बुझायो

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

फिक्कल: इलामको सूर्योदय नगरपालिका ९ रम्फोकबाट शसस्त्र प्रहरीले बेवारीसे अवस्थामा रहेको ४० बोरा युरीया मल र १२ कार्टुन कालो साबुन बरामद गरी भन्सार दाखिला गरेको छ ।
बेवारीसे अवस्थामा राखीएको उक्त मल र साबुन बिषेश सुराखीका आधामा पक्राउ गरी हिजै पशुपतिनगर भन्सार कार्यालयमा बुझाईको हो ।
शसस्त्र प्रहरी आईतबारेको टोलीले उक्त सामान बरामद गरी भन्सार बुझाएको जनाईएको छ । भन्सार छलेर ल्याईएको उक्त सामान कस्को हो भन्ने केही खुलेको छैन । बरामद भएको सामान २४ हजार ८०० रुपैया बराबरको रहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.