सन्दकपुरमा कभर्डहल निर्माणका लागि गाउँपालिका अध्यक्ष सहित ३ जनाद्धारा जग्गादान

  • 155
    Shares
सन्दकपुरमा कभर्डहल निर्माणका लागि गाउँपालिका अध्यक्ष सहित ३ जनाद्धारा जग्गादान

सन्दकपुर: इलामको सन्दकपुर गाउँपालिका–३ देउरालीमा निर्माण हुन लागेको कभर्डहल निर्माणको लागि गाउँपालिका अध्यक्ष उदय राई सहित ३ जनाले जग्गादान गरेका छन् । गाउँपालिकाको केन्द्र रहेको बजारमा गाउँपालिका अध्यक्ष उदयबहादुर राई र स्थानीय जगदमान राईले साढे ६ आना जग्गा कभर्डहल निर्माणको लागि दान गरेका हुन् ।

त्यसैगरी वडा नं २ का वडाध्यक्ष एवम गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले दुई आना जग्गा दान गरेका छन् । जग्गाको चलनचल्ती मुल्य प्रति रोपनी ८ लाख रुपैया रहेको छ । जग्गादान कार्यक्रममा देउराली बजार व्यवस्थापन समितिका अध्यक्ष धनप्रकाश राई, देउराली स्र्पोटिङ क्लबका अध्यक्ष लिला बुर्जा मगर, समाजसेवी जिवन शिवा लगायतको उपस्थिती रहेको पत्रकार युवराज पौडेलले जानकारी दिए ।लोकल शन्देसबाट