इलामको सूर्योदय नगरपालिकामा १ अर्ब २९ करोड बढीको बजेट

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

फिक्कल : इलामको सूर्योदय नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि १ अर्ब २९ करोड रुपैया भन्दा बढीको बजेट ल्याएको छ । नवौ नगरसभाबाट सूर्योदयले १ अर्ब २९ करोड ९१ लाख ३३ हजार ८ सय रुपैयाको बजेट ल्याएको हो । नगरको कुल बजेट मध्ये चालु तर्फ ६५ करोड २७ लाख ८ सय (५०%२४) र पुँजीगत तर्फ ६४ करोड ६४ लाख ३३ हजार (४९%७६%) बजेट ल्याएको छ ।

आर्थिक विकासमा १७ करोड २८ लाख
क्षेत्रगत रुपमा सूर्योदयले आर्थिक विकासमा १७ करोड २८ लाख ६० हजार १३।३५० बजेट ल्याएको छ । जसमा कृषि तर्फ ८ करोड ७ लाख ८ हजार, उद्योग ५४ लाख, पर्यटन १ करोड ९६ लाख, सहकारी १ करोड ५ लाख, वित्तिय क्षेत्र ९ लाख २५ हजार रहेको छ । जलश्रोत तथा सिचाई तर्फ ४ करोड ३० लाख ६२ हजार, वन १६ लाख, पशुपंक्षी विकास १ करोड ५ लाख ६५ हजार र वाणिज्य तर्फ ५ लाख रुपैया विनियोजना गरिएको हो ।

सामाजिक विकास शिर्षकमा ४४ करोड ५१ लाख
सामाजिक विकास शिर्षकमा ४४ करोड ५१ लाख २६ हजार ९३४।३५० बजेट रहेको छ । जसमा सामाजिक सुरक्षा तथा संरक्षणमा १ करोड १२ लाख ९९ हजार, युवा तथा खेलकुद ७६ लाख १ हजार, खानेपानी तथा सरसफाई ६१ लाख ५५ हजार, भाषा तथा संस्कृति २९ लाख २६ हजार, स्वास्थ्य ६ करोड ४५ लाख ५ हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा २ करोड ६९ लाख ९० हजार बजेट ल्याइएको छ ।

पुर्वाधार विकास शिर्षकमा ४८ करोड १५ लाख
सूर्योदय नगरपालिकाले पूर्वाधार विकास शिर्षकमा ४८ करोड १५ लाख १८ हजार ९३७।१५० बजेट ल्याएको छ । जसमा यातायात पूर्वाधारमा २८ करोड १३ लाख ३३ हजार, भवन आवास तथा सहरी विकास १६ करोड ४६ लाख, उर्जामा ६९ लाख ५० हजार, पुर्ननिर्माण ६ लाख र सम्पदा पूर्वाधारमा २ करोड ८० लाख ३४ हजार रहेको छ ।

सुशासनमा ३ करोड ९३ लाख
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा सूर्योदय नगरपालिकाले ३ करोड ९३ लाख ९१ हजार ९३५० बजेट ल्याएको हो । सो अन्र्तगत शासन प्रणालीमा १ करोड ६६ लाख, प्रशासकिय सुशासनमा ६२ लाख ८० हजार, वित्तीय सुशासनमा २ लाख, कानुन तथा न्याय २ लाख ६१ हजार, शान्ति तथा सुव्यवस्था १० लाख ६५ हजार, गरिबी निवारण ४१ लाख, योजना तर्जुमा र कार्यान्वयन १८ लाख १५ हजार रहेको छ । त्यसैगरी अनुगमन तथा मूल्यांकन १ लाख, तथ्यांक प्रणाली २१ लाख र विपद व्यवस्थापन ६८ लाख ५० हजार रुपैया छुट्याइएको छ ।

कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा नगरले कुल बजेटको १२।३ प्रतिशत अर्थात १६ करोड २ लाख ३७ हजार रुपैया बजेट विनियोजना गरिएको छ ।
आम्दानी ८९ करोड अनुमान
नगरले आन्तरिक राजस्वबाट ७ करोड ४ लाख ६ हजार रुपैया आम्दानी गर्ने अनुमान गरेको छ । त्यसैगरी राजस्व बाँडफाडबाट १४ करोड ९० लाख ८६ हजार ६ सय ७०, वित्तीय हस्तान्तरण मार्फत संघीय सरकारबाट ५८ करोड ६० लाख र प्रदेश सरकारबाट ८ करोड ९९ लाख गरी कुल ८९ करोड ५३ लाख ९२ हजार ६ सय ७० प्राप्त गर्ने अनुमान गरिएको छ ।नगरले आगामी असार १३ गते विस्तृत बजेट ल्याउने तयारी गरेको आर्थिक विकास समिति संयोजक एवम वडा नं ९ का अध्यक्ष देवेन्द्र शर्माआचार्यले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.