इलामको माई नगरपालिकाको बजेट ६७ करोड बढी

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस


इलाम : माइ नगरपालिकाले नगरसभाबाट पनि बिहीबार आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि कूल ६७ करोड ३४ लाख ३० हजार रुपैयाँको बजेट पारित गरेको छ ।

माइ नगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षमा यस नगरपालिकाले शिक्षाका लागि १ करोड ९० लाख रुपियाँ, स्वास्थ्यमा १ करोड ५६ लाख ६० हजार रुपियाँ र पूर्वाधारमा १ करोड ४० लाख खर्च गर्ने भएको छ । यस्तै महिला तथा बालबालिका शिर्षकमा ५५ लाख, खानेपानी तथा सरसफाइका लागि ३४ लाख, संस्कृति पर्यटनका लागि ७५ लाख, सूचना प्रविधिमा ३४ लाख, र विशेष कोष व्यवस्थापनमा १ करोड ९० लाख रुपियाँ खर्च गर्ने अनुमानित बजेट पारित भएको छ ।

माइ नगरपालिकामा आगामी आर्थिक वर्षका लागि आय तर्फ वित्तिय समानिकरण अनुदानमा १३ करोड २ लाख ९४ हजार, आन्तरिक आय तर्फ अनुमानित ४ करोड, समपुरक अनुदान प्रदेश र संघ मार्फत २ करोड १२ लाख, ससर्त अनुदान २६ करोड १७ लाख ६६ हजार, विशेष अनुदान २ करोड १६ लाख रुपियाँ अनुमान गरिएको छ । नगरपालिकाको नवौं नगरसभाले आर्थिक, विनियोजन, न्यायिक समितिको प्रतिवेदनलगायत विभिन्न पाँच विधयेक समेत पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published.