माईजोगमाई गाउँपालिकामा ४६ करोड बढीको बजेट सार्वजनिक

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

माईजोगमाई: माईजोगमाई गाउँपालिकाले आगामी आ.व २०७८र०७९ को कुल बजेट ४६ करोड ०८ लाख ८५ हजार ७ सय ६० को बजे्ट ल्याएको छ । बिहीबार सम्पन्न गाउँसभामा उपाअध्यक्ष सावित्रा भटटराईले पेश गर्नु भएको बजेट मध्ये चालु खर्च तर्फ ८ करोड ०२ लाख १९ हजार ७ सय ६० , सशर्त अनुदान तर्फ २१ करोड ३० लाख ,विषेश अनुदान १ करोड २९ लाख र समपुरक अनुदान रु १ करोड ८३ लाख र पुंजीगत खर्च तर्फ १३ करोड ६४ लाख ६६ हजार मात्र बिनियोजन गरिएको छ।

गाउँपालिकाका अध्यक्ष जितबहादुर राईको अध्यक्षतामा भएको गाउँसभाले बजेट निति तथा कार्यक्रम पारित गरेको छ । पारित बजेटमा पुँजीगत खर्च तर्फ कुल विनियोजित बजेटको आर्थिक विकास तर्फ ८।४२७ प्रतिशत, रु १ करोड १५ लाख सामाजिक विकास तर्फ १४।५०९ प्रतिशत,रु १ करोड ९८ लाख पूर्वाधार विकास तर्फ २७।४४३ प्रतिशत,रु ३ करोड ७४ लाख ५० हजार वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ ९।१६ प्रतिशत रु १ करोड २५ लाख संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ २।५६५ प्रतिशत रु ३५ लाख अन्य पूँजीगत खर्त तर्फ १०।३४ प्रतिशत रु १ करोड ४१ लाख १६ हजार र अन्य वर्गीकृत नभएको समपुरक कोष समेतमा ८।७९३ प्रतिशत रु १ करोड २० लाख बजेट खर्च हुने गरि योजना तथा कार्यक्रम तयार गरिएको छ, भने पुँगीगत तर्फ विनियोजन भएको कुल रकमको १८।७६० प्रतिशत रु २ करोड ५६ लाख रकम वडागत रुपमा विभिन्न शिर्षकमा कार्यक्रमका लागि रकम विनियोजन गरिएको छगाउँपालिकाले यस बर्ष विश्वव्यपी रुपमा फैलिएको महामारी कोभिड १९ नियन्त्रण तथा सोबाट उत्पन्न हुने सक्ने समस्या समाधानका लागि बजेटलाई प्राथामिक्ता दिएको् छ, ।

Leave a Reply

Your email address will not be published.