इलाम नगरपालिका ४ का किसानलाई स्प्रे ट्याङ्की वितरण

इलाम नगरपालिका ४ का किसानलाई स्प्रे ट्याङ्की वितरण

इलाम : इलाम नगरपालिका वडा नम्बर ४ले १५ जना कृषकहरुलाई स्प्रे ट्याङकी वितरण गरेको छ । वडाले एक कार्यक्रम गरेर १५ वटा चार्जेवल स्प्रे ट्याङकी वितरण गरेको वडाध्यक्ष नुतनदेव दुलालले बताउनुभयो ।व्यसायीक रुपमा कृषि कर्ममा लागेका वडाका युवाहरुलाई प्राथमिकतामा राखेर सामाग्री वितरण गरीएको उहाँको भनाई छ ।वडाले पछिल्लो समय कृषि र पशुपालनका कार्यक्रम गर्दे आएको छ ।केही दिन अघि पनि वडाले लोकल जातका बाख्रा र मौरीको घार समेत वितरण गरेको थियो ।कृषि र पशुपालनमा बिनियोजित २० लाख रुपैयाँ बजेट मार्फत विभिन्न कार्यक्रम गर्दे आएको वडाले जनाएको छ ।