नयाँबजार रहेको चिज उत्पादन केन्द्रको अनुगमन

  • 225
    Shares
नयाँबजार रहेको चिज उत्पादन केन्द्रको अनुगमन

माईजोगमाई : माईजोगमाई गाउँपालिका वडा नं १ नयाँबजारमा रहेको नयाँबजार चिज उत्पादन केन्द्रको माईजोगमाई गाउँपालिकाबाट अनुगमन भएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राइको नेतृत्वले उक्त संस्थानको अनुगमन गरेको हो ।

माईजोगमाई गाउँपालकामा नै दुई हजार भन्दा माथि दूध खरिद गरिरहेको र बिचमा केहि सम्स्या आइ संस्थान बन्द रहेको र बिगत ४ महिना अगाडि बाट स्थानियबासी र गाउँपालिकाको पहलमा संस्थान पुन संचालनमा आएको छ । माईजोगमाई गाउँपालिका भरीका किसानहरुको दूध खरिद गर्दै आइरहेको संस्थानको बिषयमा गुनासाहरु आउन थालेपछि गाउँपालिकाले आज अनुगमन गरेको हो ।

माईजोगमाई गाउँपालिकाका किसानहरुले मुख्य आर्थिक स्रोतको रुपमा रहेको दूधले बजार पाएको संस्थानका प्रमुखले बताउनु भएको छ । संस्थानमा कर्मचारीहरुबाट कुनै प्रकारको गल्ति भएमा त्यस्ता कर्मचारीलाइ संस्थानमा नराख्ने संस्थानका प्रमुख हेम थामसुहाङ ले बताउनु भएको छ ।संस्थानले आफ्नै भ्क्युम मेसिन समेत संचालनमा ल्याएको छ ।

नयाँबजार चिज उत्पादन केन्द्रको चिज पूर्वको नै उत्कृत्ट चिजको रुपमा रहेको संस्थानका प्रमुखले बताउनुभएको छ । माईजोगमाई गाउँपालिकाले सदैव गाउँपालिका भित्रका किसानहरुको हकहितको लागि काम गर्दै आइरहेको र हाल माईजोगमाई गाउँपालिकाले गाउँपालिकाको बिभिन्न क्षेत्रमा गाइ च्यापकटर गाइको लागि घास पशु औषधी लगायत बितरण गर्दै आइरहेको छ । माईजोगमाई गाउँपालिकाले कृषि तथा पशु क्षेत्रको लागि गत आर्थिक बर्ष भन्दा यो आर्थिक बर्ष बिशेष ध्यानका साथ बजेट समेत बिनियोजन गरेको छ । किसानको आर्थिक स्थर उकास्नको लागि गाउँपालिकाले बिशेष चासो राखेको छ ।