माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा प्याङका किसानलाई गाई बितरण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस

माईजोगमाई: माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा पञ्चमि कृषि सहकारी संस्थाको आयोजना र माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा प्याङमा किसानहरुलाइ गाई ,च्यापकटर र गाईको लागि औषधी बितरण गरिएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राईको प्रमुख आथित्यता तथा पञ्चमी कृषि सहकारी संस्थाका सदस्य चन्द्र प्रसाद थेवेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माईजोगमाई गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भवानी प्रसाद लिङदम वडासदस्यहरु कार्यापालिका सदस्य वडासचिब गाउपालिकाका कर्मचारी तथा स्थानिय बासी लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
माईजोगमाई गाउँपालिकामा जम्मा ६ वटा निबेदन दर्ता भएको थियो त्यसमध्ये ३ वटा सहकारी संस्थाहरु मार्फत माईजोगमाई गाउँपालिकाका किसानहरुलाई गाइ तथा कृषि सामाग्रीहरु बितरण माईजोगमाई गाउँपालिकाले गरेको छ ।माईजोगमाई गाउपालिकाको रु ८ लाख आर्थिक सहयोग र सरकारी संस्थाको ८ लाख लगानीमा सहकारी संस्थाले २३ जनालाई उन्नत जातको गाई र च्यापकटर बितरण गरिएको थियो भने किसानहरुलाई गाईको लागि औषधी पनि बितरण समेत गरिएको थियो । सहकारी संस्थाका सदस्यहरुबाट २३ वटा निबेदन परेकोमा २३ जनालाई गाई बितरण गरिएको छ।

Leave a Reply

Your email address will not be published.