सहारा नेपाल फिक्कलद्धारा कोरोना संक्रमित सदस्यलाई पोषण सामग्री बितरण

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

फिक्कल
सहारा नेपाल फिक्कल सेवा केन्द्रले कोरोना संक्रमित आफना सदस्याका घरघरमा गएर पौष्टिक सामग्री बितरण गरेको छ ।
सूर्योदय नगरपालिका र रोङ गाउँपालिकालाई कार्य क्षेत्र बनाएर सेवा दिदै आएको सहाराले कोरोना संक्रमित भई होम आईसोलोसनमा बसेका आफना सदस्यलाई घरदैलोमै पुगेर पौष्टिक सामग्री बितरण तथा औषधी बितरण गरेको हो ।
सेवा केन्द्रले सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा संक्रमित भएका आफना २० जना सदस्यलाई पौष्टिक सामग्री बितरण गरेको सेवा केन्द्रकी प्रमुख कल्पना ढुंगानाले जानकारी दिनु भयो ।
भ्mापाको चारपानेमा केन्द्रिय कार्यालय रेहेको सहाराले ११ जिल्लामा कार्यक्षेत्र बनाई ७४ वटा सेवा केन्द्र मार्फत २ हजार भन्दा बढी कोरोना संक्रमित आफना सदस्यलाई पोषण सामग्री बितरण गरीसकेको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.