नेपाली चियालाई बजारको समस्या : विदेशबाट आयात हुन्छ तयारी चिया

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस

इलाम : नेपाल सवैभन्दा धेरै प्रयोग हुने पेय पदार्थ चियामा आत्मनिर्भर छ । देशका विभिन्न ठाउँहरु ९इलाम, झापा, पाँचथर, ताप्लेजुङ्ग आदिमा० चिया खेती गरिन्छ । तर, मुलुक आत्मनिर्भर रहेपनि विभिन्न देशबाट नेपालमा तयारी चिया आयात भइरहेको अवस्था छ पछिल्लो पाँच वर्षको अवधिमा १६ लाख किलो तयारी चिया नेपालमा आयात भएको छ । चिया तथा कफि विकास बोर्डको वेभ साइडमा राखिएको तथ्याङ्कको आधारमा पाँच वर्षमा ४७ करोड ४७ लाख रुपैयाँको तयारी चिया नेपाल भित्रिएको छ ।

चिया तथा कफि विकास बोर्डको तथ्याङ्क अनुसार सन २०१९र२० मा दुई लाख १८ हजार ६ सय ३३ किलो तयारी चिया आयात भएको छ । त्यस्तै २०१८र१९ मा तीन लाख ४३ हजार तीनसय ५३ किलो, सन २०१७र१८ मा तीन लाख ७१ हजार तीनसय ७० किलो तयारी चिया आयात भएको थियो । सन २०१६र१७ मा तीन लाख ६३ हजार एक सय ९० किलो र सन २०१५र१६ मा तीन लाख तीन हजार चार सय ६० किलो तयारी चिया आयात भएको तथ्याङमा उल्लेख छ ।

नेपालमा सबैभन्दा बढि चिया आयात गर्ने देशहरुमा भारत पहिलो स्थानमा छ भने चिन, श्रीलंका, थाइल्याण्ड, टर्की, दुवई, मलेसिया, वंगलादेश लगायतका मुलुकबाट तयारी चिया आयात हुने गरेको तथ्याङ्मा उल्लेख छ ।नेपालमा उत्पादन हुने चियाको निर्यात सवैभन्दा धेरै मात्रामा भारतमा छ । भारतमा ८८।९ प्रतिशत र जर्मनीमा ३।६ प्रतिशत रहेको छ । त्यसबाहेक रुस, जापान, चेक रिपब्लिक, अमेरिका, क्यानेडा, फ्रान्स अस्टे«लिया लगायतका देशहरुमा समेत चियाको निकासी हुने गरेको छ ।

सरकारले चियालाई निर्यात प्रवद्र्धन गर्ने वस्तुको सूचिमा सुचिकृत गरेको छ । अतिरिक्त कर लगाउने, नेपाली उत्पादन निर्यातमा कर घटाउने, वस्तुको प्रवद्र्धनका लागि बजारको खोजी गर्ने, उत्पादन वृद्धिको लागि सहुलियत दिने गरेको छ । निर्यात प्रवद्र्धन गर्ने वस्तुको सूचिमा चिया सुचिकृत भएपछि विदेशी उत्पादनलाई निरुत्साहीत गर्न चियामा ३० प्रतिशत कर लाग्ने व्यवस्था गरेको छ । तर, पनि विदेशी चिया नेपाल भित्रिने क्रम रोकिएको भने छैन ।

चिया तथा कफि विकास कार्यालय फिक्कलका प्रमुख इन्द्र अधिकारी नेपालमा सिटिसी चिया आयात हुने गरेको बताउँछन् । ‘भारतको आसाम र डुवोर्स क्षेत्रमा उत्पादन भएको सिटिसी चिया नेपाल आउने गरेको पाइन्छ’अधिकारीले भने,‘ त्यस क्षेत्रमा बनेको सिटिसी चियाको गुणस्तर राम्रो भएकाले नेपाली बजारमा भारतबाट तयारी चिया आउने गरेको हो ।’ भारतबाट उच्च दरको राजश्व तिरेर आएको चिया नेपाली बजारमा नै विक्री हुने गरेको छ । भारतबाट नेपाल आउने सिटिसी चिया स्वाद र सुगन्धको लागि यहाँ उत्पादन हुने सिटिसी चियामा मिसाएर विक्री हुने गरेको पाइन्छ ।

अन्य देशबाट भने डिपार्टमेन्ट स्टोरहरुले चिया ल्याउने गरेको अधिकारी बताउँछन् । ‘प्याकेजिङ राम्रो भएको चिया डिपार्टमेन्ट स्टोरहरुले ल्याउने गरेका हुन्’, उनले भने,‘ तर, नेपालमा सीमित देशबाट थोरै परिमाणमा मात्रै तयारी चिया भित्रिने गरेको छ ।’ चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा एक सय तीन चिया उद्योगहरु रहेका छन् । यी उद्योगहरुले वर्षेनी ५२ हजार एक मेट्रिक टन चिया तयार पार्न सक्छन् । नेपालमा अहिले वर्षेनी १८ हजार नौ सय ५८ मेट्रिक टन तयारी चिया उत्पादन हुने गरेको छ । देशको १२ हजार ६६ हेक्टरमा चिया खेती लाइएको छ । त्यसबाट दश करोड ८० हजार किलो हरियो पत्ति उत्पादन हुने गर्छ । मुलुकभर ११ हजार ४१ चिया बगान रहेका छन् ।

साझा मंञ्चबाट

Leave a Reply

Your email address will not be published.