सूर्योदयको रक्तकाली चिया उद्योगमा आगलागी ,तीन करोड बराबरको क्षति

  • 57
    Shares
सूर्योदयको रक्तकाली चिया उद्योगमा आगलागी ,तीन करोड बराबरको क्षति

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा रहेको चिया कारखानामा आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको छ । नगरपालिकाको वडा नं ८ स्थित सिद्धिखोला नजिकै रहेको रक्तकाली चिया उद्योगमा आगलागी भएको हो । गए राती करिब १ बजे तिर विद्युत सर्ट भई आगलागी भएको बताईएको छ ।

दिनेश माझीको नाममा रहेको उद्योग आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट तीन करोड रुपैयाँको क्षति भएको बताईएको छ । आगो प्रहरी, शसस्त्र प्रहरी, स्थानीय र बारुण यन्त्रको सहयोगमा बिहान ६ बजे नियन्त्रणमा आएको थियो ।