माइजोगमाईमा एम्बुलेन्स र बारुणयन्त्र संचालन कार्यबिधि स्वीकृत

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

डम्बर निरौला,माइजोगमाई:

माइजोगमाई गाउँपालिका गाउँकार्यापालिकाको आईतबार बसेको १०२ आंै बैठकले माईजोगमाई गाउँपालिकाको एम्बुलेन्स संचालन सम्बन्धी कार्याबिधि २०७८ र बारुणयन्त्र सञ्चालन तथा ब्यवस्थापन निर्देशिका २०७८ स्विकृत गरेको हो ।
माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राईको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका क्षेत्रमा एम्बुलेन्स सेवाको माध्यमबाट विपन्न, असहाय, गर्भवती महिला, बालवालिका, न्यून आय भएका तथा स्वास्थ्यसेवाको मूल प्रवाहबाट पछाडी परेका नागरिकहरुलाई स्वास्थ्य सम्बन्धी अधिकारका बारेमा चेतनशील गराउँदै मुलुकको विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक संरचनाको कारणले पछाडी पारिएका वर्गलाई स्वास्थ्यसेवा प्रदान गर्दै नागरिकको आवाज एवम् मागलाई सम्बोधन गर्दै सेवाप्रवाहलाई समावेशी, उत्तरदायी एवं जवाफदेही वनाउन सहकारी, निजी तथा समुदायमा आधारित संघ संस्थाहरु समेतको सहकार्यमा स्थानीय तहको स्वास्थ्य सेवालाई संस्थागत गर्दै समृद्ध समाज निर्माण गर्ने कार्यमा सहयोग पुन्याउन एम्बुलेन्स सेवाको कार्यलाई व्यवस्थित गर्न स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी एम्बुलेन्स सेवा संचालन गर्न आवश्यक भएकोले गाउँकार्यपालिका बैठकले एम्बुलेन्स संचालन सम्बन्धी कार्यविधि २०७८ स्विकृत गरेको हो ।
यसैगरी पूर्वी इलाममा रहेको माईजोगमाई गाउँपालिकाले यस क्षेत्रमा आगलागी नियन्त्रणको लागि आवश्यक यन्त्र, उपकरणको व्यवस्था गरी तिनीहरुको परिचालन गर्दै यस क्षेत्रमा सेवा प्रदान गर्नुपर्ने आवश्यकता महशुस गरी त्यस्ता यन्त्र उपकरण र सो को सञ्चालनको लागि लाग्ने जनशक्तिको व्यवस्थापनमा गाउँपालिका , निजी क्षेत्र तथा नागरिक समाज समेतको सहभागिता सुनिश्चित गरी बारुणयन्त्र सञ्चालन तथा व्यवस्थापनलाई भरपर्दो र विश्वसनीय बनाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा (२) बमोजिम माईजोगमाई गाउँपालिकाको गाउँकार्यपालिका बैठकले बारुणयन्त्र सञ्चालन तथा ब्यवस्थापन निर्देशिका २०७८ स्विकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published.