माईजोगमाईको तारेभीर र गणेशभीरमा चट्टान फोडेर सडक

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

सडक निर्माणपछि यातायत संचालनमा सहज


प्रेम अधिकारी(पशुपतिनगर(इलाम)
तारेभीर नाम मात्र हैन , चट्टानले घेरीएको साच्चैको भीर नै हो । तारेभीर भएर मोटर पार्न गर्न यस अघि निक्कै हम्मे हम्मे पर्ने गरेको थियो । बर्खायाम लागेपछि तारेभीर पार गर्न निक्कै मुस्किल थियो । चट्टानले घेरीएको पहरामा सडक निर्माण गरिएपछि अव सवारी साधन संचालनमा सहजता भएको छ ।
इलामको माइृजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारबाट प्याङ , पंचमी सम्मको १३ किलोमिटर सडक मध्ये ११ किलोमिटरमा ट्याक खोली ,सडकको ग्राभेल नाली , ग्राभेलवाल र होमपाईप लगाउने काम सम्पन्न भएको छ । ठूलो भीर , खोला र जटिल भौगोलीक अवस्था भएको भीरमा सडक निर्माण गर्न निक्कै कठिनाई भए पनि लामो प्रयास पछि सडक निर्माण गरिएको छ । माईजोगमाई गाउँपालिकाको ४ करोड बढी लगानीमा ठेक्का प्रक्रिया, उपभोक्ता समिति र गाउँपालिकाको स्काभेटर लगाएर नयाँबजार, भालुखोप , प्याङ हुँदै पंचमी सम्मको सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष जितबहादुर राईले जानकारी दिनु भयो । १३ किलोमिटर मध्ये २ किलोमिटर क्षेत्रमा चट्टानै चट्टानको भीर छ । उक्त भीरमा सडक निर्माण गर्न लामो समय लगाउनु परेको गाउँपालिका अध्यक्ष राईले बताउनु भयो । उहाले भन्नु भयो ‘ तल माथी दुबै तिर भीर भएकाले सडक निर्माण गर्न सकस थियो, अव चट्टान फोडी सकियो ।’
गाउँपालिका केन्द्रबाट प्याङमा रहेको ६ नम्बर वडा कार्यालय हुँदै पंचमी जोडि सकेपछि उक्त सडकलाई बैकल्पिक मार्गका रुपमा बिकास गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । उक्त सडकलाई पंचमी हुँदै जमुना, माबु, माईमझुवा, माईपोखरी, देउराली भएर बाघखोर इलाम जोड्ने लक्ष्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवत प्रसाद रेग्मीले जानकारी दिनु भयो ।
हिउँदका ६ महिना दुखसुख यातायत संचालन भएपनि बर्खा यामको जेष्ठ देखि असोज सम्म यातायत संचालनमा कठिनाई हुँदा उक्त क्षेत्रका स्थानीयलाई समस्या हुँदै आएको थियो । स्थानीय उत्पादनलाई बजार सम्म लैजान र खाद्यान्न लगायका सामग्री गाउँमा पु¥याउन समस्या हुँदै आएकोमा सडक निर्माणले गति लिएपछि अव त्यो समस्या हटेको छ । स्थानीय बासिन्दा नित्य दाहालले पहरामा सडक निर्माण भएपछि प्याङ, पंचमी सहित जमुनाका स्थानीयलाई समेत सहज भएको बताउनु भयो । उक्त क्षेत्रका स्थानीयलाई सबै भन्दा बढी समस्या बिरामी पर्दा हुँने गरेको थियो । सडक निर्माण सम्पन्न भएपछि स्थानीय स्तरमा उत्पादन भएको दुध, आलु , अम्लिसो, अदुवा , अलैँची सहितका सागसब्जी बजार लैजान सहज भएको दाहालले बतउनु भयो । सडकलाई चौडा पार्ने, नाली निर्माण , खोलामा होम पाईम, ठाउँठाउँमा वाल समेत निर्माण गरी ग्राभेल गर्ने काम समपन्न भएपछि उक्त क्षेत्रलाई सडक संजालले बाह्ै महिना जोडने भएको छ ।
माईजोगमाई गाउँपालिकाकै अर्को भौगोलीक रुपमा कठिनाई भएर सडक निर्माणमा समस्या भएको क्षेत्रमा नयाँबजार घारेगाउँ , सरसीङ्गे , गणेशभीर हुँदै मानेभण्ज्याङ सम्म हो । ४० किलोमिटर लामो यो सडकको पनि गाउँपालिकाको ३ करोड ५० लाखको लगानीमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । सरसीङ्गे , गणेशभीरको पहरा र चट्टाले सडक निर्माणमा निक्कै अवरोध ग¥यो । गाउँपालिकाको स्काभेटर समेत प्रयोग गरी महिनौ लगाएर सरसीङ्गे , गणेशभीरको ३ किलोमिटर चट्टान फुटाएपछि सडकले सार्थत्ता पाएको छ । ‘ त्यति लामो चट्टान फुटाउन सामो समय खर्चनु प¥यो, अव सडक निर्माण भैक्यो ’ गाउँपालिका अध्यक्ष राईले भन्नु भयो । उक्त क्षेत्रमा केहि सडक सूर्योदयन गरपालिकाले समेत निर्माण गरेको छ ।
दुई बर्ष अघि देखि थालीएको ट्रयाक खोल्ने काम सम्पन्न भएपछि उक्त सडकमा यातायत संचालन हुँन थालेको छ । अहिले सडकलाई चौडा गर्ने, नाली निर्माण, होमपाईप , वाल लगाउने काम भैरहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनु भयो । उहाका अनुसार उक्त सडकको समेत चाडै ग्राभेल गरी हिउँद बर्खा यातायत संचालन हुने बनाईने छ । भारतीय सीमावर्ती बजार मानेभञ्ज्याङ सम्म उक्त सडक संजालले जोडेपछि गाउँपालिकामा उत्पादन भएको कृषिजन्य बस्तु निर्यात र खाद्यान्न लगायतका सामग्री आयातमा सहजता हुने छ । भारतीय बजार दार्जीलीङ , सुकीय मानेभञ्ज्ङ सम्म जान समेत स्थानीयलाई सहज हुँने छ ।
गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *