पशुपतिनगर भन्सारबाट ७२ वटा गोरु १ लाख ४७ हजारमा लिलामी

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

फिक्कलःइलामको पशुपतिनगर भन्सार कार्यालयले ७२ वटा गोरु १ लाख ४७ हजार मा मात्र लिलामी गरेको छ ।साउन ३१ गते सूर्योदय नगरपालिका २ चित्रेबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरले बरामद गरी भन्सार दाखीला गरेका ७२ वटा गोरु कार्यालयले सोही दिन १ लाख ४७ हजार ६ सय रुपैयामा मात्र लिलामी गरेको हो ।
भन्सार कार्यालयका नायव सुब्बा उद्धव गौतमका अनुसार भन्सार ऐन २०६४ अनुसार जिवजन्तुको भन्सार दाखिला भएकै दिन सूचना निकाली त्यसै दिन लिलामी गर्नु पर्ने पक्रिया भएकाले कम्ती मुल्याङ्कनमा भन्सार दाखिला भएकाले थोरै मुल्यमा गोरुको लिलामी गरिएको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरले बेवारी अवस्थाका भनी प्रतिवेदनमा उल्लेख गरे पनि ती गोरु माई नगरपालिका ५ का पूर्ण बहादुर तामाङले निकासीका लागि लगेका थिए । कार्यालयमा प्रकाशन गरिएको सूचनामा ७ हजारका दरले ७२ वटा गोरुको मुल्याङ्कन ५ लाख ४० हजार गरिएको छ ।
गोरु दाखिला गरेको दिन साउन ३१ गते सूचना प्रकाशन गर्दा गोरु निकासी गर्ने पूर्ण बहादुर तामाङले १ लाख ४७ हजार ६ सय, माई नगरपालिका ५ कै भिम बहादुर तामाङले ४४ हजार र सूर्योदय नगरपालिका १४ का मदन कुमा समालले १ लाख ४४ हजार ७२ रुपैया मात्रको दावी गर्दे लिलामीका लागि निवेदन पेश गरेका थिए । तर,े २५/२५ वटा गरी दुई पटक गोरु निकासी गर्नका लागि पूर्ण बहादुर तामाङले साउन ३० गते नै भन्सार काटेको रेर्कड कार्यालयमा छ ।
जो ब्यक्तिले गोरु निकासी गर्दै थिए गोरु पक्राउ परेर भन्सारले लिलामी गर्दा पनि उनै ब्यक्तिलाई दिई रहदा शंका उत्पन्न भएको छ । कार्यालयले भने छोटो समय भएकाले तीन वटा निवेदन मध्ये बढी रकम भएकालाई दिईएको जनाएको छ ।
एक पटक गोरु निकासी गर्दा निकासीकर्ताले १ सय १३ रुपैयाको भन्सार काट्नु पर्छ । प्रहरी संग कुरा नमिले पछि पक्राउन गरिएको हुन सक्ने स्थानीयले बताएका छन् । भन्सार काटेपछि पशुपतिनगर नाकाबाट सहजै गोरु भारत निकासी हुँने गरेको छ । भन्सार काटेपछि निश्चित समयमा गोरु निकासी गर्नु पर्ने नासु गौतमले बताउनु भयो । झापा हुँदै ल्याइएका गोरु पशुपतिनगर नाकाबाट भारत निकासी हुँने गरेको पाईएको छ ।

Leave a Reply

Your email address will not be published.