इलामका कुन पालिकामा कति-कति बेरुजु ?

  • 19
    Shares
इलामका कुन पालिकामा कति-कति बेरुजु ?

इलाम: इलाममा सवैभन्दा बढि बेरुजु फाकफोकथुम गाउँपालिकामा देखिएको छ । दोस्रोमा सुर्योदय नगरपालिका रहेको छ ।महालेखा परिक्षकको कार्यालयले फाकफोथुममा ८२ करोड ३९ लाख ३६ हजार रुपैयाको महालेखा परिक्षण गर्दा ५ करोड ६० लाख ६० हजार रुपैया बेरुजु देखाएको हो।त्यसैगरी दोश्रो नम्बरमा पर्यटकीय नगरी सूर्योदय रहेको छ ।

सूर्योदयमा १ अर्ब ९७ करोड ३५ लाख २ हजार रुपैयाको परिक्षणमा ५ करोड १४ लाख ३७ हजार रुपैया अर्थात २।६१ प्रतिशत रकम बेरुजु देखिएको हो ।त्यसैगरी इलाम नगरपालिकामा १ अर्ब ९१ करोड १ लाख ५१ हजार रुपैयाको महालेखा परिक्षणमा ४ करोड ४३ लाख १० हजार रुपैया बेरुजु देखिएको छ । जुन कुल रकमको २।३२ प्रतिशत हुन आउँछ ।रोङमा ९४ करोड ३६ लाख ७८ हजार रुपैयाको लेखापरिक्षण गर्दा ३ करोड ७५ लाख २५ हजार रुपैया अर्थात ३।९८ प्रतिशत रकम बेरुजु देखिएको छ ।

देउमाई नगरपालिकामा १ अर्ब ८ करोड ६३ लाख ५१ हजार रुपैयाको लेखा परिक्षणमा ३ करोड १४ लाख ११ हजार रुपैया बेरुजु देखिएको छ ।समग्रमा जिल्लाको बेरुजुमा पाँचौ स्थानमा रहेको देउमाईमा २।८९ प्रतिशत रकम बेरुजु भएको हो ।माईजोगमाई गाउँपालिकामा ८३ करोड ३९ लाख ६० हजार रुपैयाको लेखा परिक्षणमा २ करोड ६० लाख ६७ हजार रुपैया अर्थात ३।१३ प्रतिशत बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाको कान्छो नगरपालिका माईनगरपालिकामा १ अर्ब १२ करोड ११ लाख ६२ हजार रुपैयाको महालेखा परिक्षणमा २ करोड ५० लाख २२ हजार रुपैया बेरुजु देखिएको छ । जुन २।२३ प्रतिशत हुन आउँछ ।सन्दकपुर गाउँपालिकामा ७८ करोड ४ लाख ९ हजार रुपैयाको लेखा परिक्षणमा २ करोड १४ लाख ४६ हजार अर्थात २।७५ प्रतिशत बेरुजु भेटिएको हो ।

चुलाचुली गाउँपालिकामा ८५ करोड ७८ लाख २८ हजार रुपैयाको परिक्षणमा १ करोड ८४ लाख ४६ हजार रुपैया अर्थात २।१५ प्रतिशत बेरुजु देखिएको छ ।जिल्लामा सबैभन्दा कम माङ्सेबुङ गाउँपालिकामा बेरुजु देखिएको छ । महालेखा परिक्षण भएको ७० करोड १४ लाख २६ हजार रुपैयामा १ करोड ४६ लाख ५९ हजार रुपैया बेरुजु आएको छ । जुन २।०९ प्रतिश हुन आउछ ।