इलाममा कृषिमा ७ करोड १७ लाख बजेट

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस सूचना प्रविधि

इलाम : चालु आर्थिक वर्ष २०७८।७९ मा इलाम जिल्लामा कृषि ज्ञान केन्द्र इलाम मार्फत सात करोड १७ लाख ७७ हजारको विभिन्न कार्यक्रम संचालन हुने भएको छ । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रुजन खड्काले यसमध्यै प्रदेश सरकारबाट पाँच करोड ३७ लाख ६२ हजार र संघबाट एक करोड ८१ लाख १५ हजारको वार्षिक कार्यक्रम संचालन हुने जानकारी दिनुभयो ।
प्रदेश सरकार मार्फत चालु वर्ष व्यवसायिक फलफूल बगैचा स्थापना ,कफि खेती विस्तार, रैथाने बाली उत्पादन प्रवद्र्धन, महिला, दलित, विपन्न तथा पिछडिएको क्षेत्र लक्षित, युवा लक्षित च्याउ, मह , तरकारी उत्पादन, प्राड.गारिक मल उत्पान , एक पालिका एक नर्सरी सहयोग, प्याज उत्पादन प्रवद्र्धन, नमुना कृषि फार्म स्थापना , कृषि बजार तथा संकलन केन्द्र निर्माण कार्यक्रम संचालन हुने भएका छन् । यी कार्यक्रम सवै पालिकामा संचालन हुने केन्द्र प्रमुख टोनी वर्देवाले बताउनुभयो ।
प्रदेश मार्फत नै सुन्तलाजात बगैचा व्यवस्थापन, मकै उत्पादकत्व प्रवद्र्धन, कागती खेती मिसन , किवी खेती प्रवद्र्धन, मुख्यराजमार्ग लक्षित तरकारी उत्पादन , बीउ बीजन आत्मनिर्भर, एकीकृत कृषि सिकाइ केन्द्र्र, शुन्य लसुन खेती प्रविधि विस्तार, आलु भण्डार निर्माण र बाली विशेष भण्डार निर्माणका कार्यक्रम संचालन हुने भएका छन् । कार्यक्रम आवश्यक्ताका आधारमा विभिन्न नगरपालिका र गाउँ पालिकामा संचालन हुने भएको छ ।
संघीय सरकारबाट प्रधानमंत्री कृषि आधुनिकिकरण परियोजना शसर्त अनुदान ९१ लख १५ हजार ,प्राड.गारिक कृषि प्रविधि मीशन कार्यक्रम ससर्त अनुदान ६५ लाख, बीउ बीजन प्रवर्दन २३ लाख, कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमका लागि दुइ लाख शसर्त अनुदान प्राप्त भएको केन्द्र प्रमुख बर्देवाले जानकारी दिनुभयो ।
गत आवमा प्रदेश सरकारबाट ५० प्रतिशत बजेट कटौति भएपनि स्वीकृत कार्यक्रम संचालन हुन नपाएको बताइएको छ । जम्मा नौ करोड ५३ लाख ६१ ह्जार स्वीकृत बजेट मध्ये छ करोड ४१ लख १० हजार फूकुवा भएको थियो । यसमध्ये पाँच करोड ९२ लाख ७८ हजार नौ सय ११ रुपैयाँ खर्च भएको थियो । प्रदेश सकारबारट स्वीकृत छ करोड २४ लाख ७५ हजार मध्ये तीन करोड १२ लाख २४ हजार मात्र फूकुवा भएको थियो । यसमध्यै दुइ करोड ८१ लख १० हजार रुपैया खर्च भएको थियो । कोरोना महामारीका बीच विभिन्न गोष्ठि र समन्वयका कार्यक्रम संचालन हुन सकेको थिएन । गत वर्षमा जैविक वनस्पतिको कार्यक्रम , माटो शिविर र केहि कृषि अनुषन्धान केन्द्र मार्फतका कार्यक्रम समेत प्रभावित भएको खड्काको भनाई छ । संघीय सरकारको अनुदान मार्फत गत वर्ष तीन करोड ६० लाख ११ हजार रुपैयाँ खर्च भएको थियो ।
चालु र पुजीगत खर्च सवै समावेश भएको बजेट अन्तर्गत दरवन्दि अनुरुप कर्मचारी नहुँदा गत वर्ष तलव वापतको केहि रकम समेत खर्च नभएको पाइएको छ । बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गर्नका लागि विभिन्न सरोकारवालाहरुबीच सार्वजनिकरण कार्यक्रम कृषि ज्ञान केन्द्र मार्फत सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सभाका सदस्यहरु खीनु लड.्वा, काजीमान कागते , जिल्ला समन्वय प्रमुख गणेश बराल, विभिन्न नगरका नगरप्रमुखहरु , गाउँ पालिका प्रमुखहरु , प्रमुख जिल्ला अधिकारी, पत्रकार समेतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.