आहा कन्याम ! (फोटो फिचर)

  • 11
    Shares
आहा कन्याम ! (फोटो फिचर)

प्राकृतिक चुचुरा भित्र हरिया चियाका बुट्टा । चियाको सुन्र्दताले कन्याम सधै भरी पर्यटकको रोजाईमा पर्दे आएको छ ।सूर्योदय नगरपालिकाको प्रवेशद्धारको रुपमा रहेको कन्याम तराईको अचाक्ली गर्मीवाट उम्किएर इलाम उक्लनेहरुका लागि हरीया घुम्टाहरुले छोप्न आतुर हुन्छ ।
अझ गर्मी छल्न आउनेहरुका लागि त कन्याम प्राकृतिक एयर कन्डिशन नै वनिदिन्छ ।भूई कुहिरोको घुम्टोभित्र लुकाउदैै जो कोहीलाई कन्यामले नयाँ उमंग थप्ने गर्दछ । छिनछिनमा बदली रहने मौषम र क्षणभरमै ढपक्क ढाक्ने भुईकुहीरोका बिच मुस्कुराउने कन्यामको विषेशताले जो कोहिलाई लोभ्याउने गरेको छ । क्षण भरमै भुई कुहिरो लाग्ने र क्षणभरमै मौषम खुलने कन्यामको बिषेशता नै हो । जानकारहरुका अनुसार कन्याममा एकै दिनमा १२ पटक सम्म मौषम फरक फरक प्रकृतिको हुँने गरेको छ ।
थुम्काथुम्कामा मौलाएको सुन्दर चिया वगानकै कारण घुमघाम र बनभोज स्थलकोरुपमा चिनीएको कन्यामका अनेकौ विशेषता छन् । कृषिवाट सुधारिएको यहाका नागरिकको जीवनशैली, विभिन्न जाजजातिका संस्कृति पर्यटन प्रर्वधनको मुख्य आधार बनेको छ ।
पछिल्लो समय मेचीराजमार्गलाई चौडा वनाउदै आर्कषक पूर्वाधार निर्माण भएपछि कन्यामको रौनक थप चुलिएको छ । बिभिन्न जातजातीको भेषभूसामा सजिएर घोडाचढीको आनन्द लिदै चियावारी फन्को मार्ने, सेल्फी हान्ने र टिकटक वनाउने अबसर कन्यामले जुटाएपछि तन्नेरी पुस्ताको घुईचो बढेको छ ।

नेपालकै ठूलो अर्थोडक्स चिया कारखाना, ऐतिहासिक चिया वगान रहेको कन्न्याममा टि टेस्टिङ तथा प्रमोसोनल सेन्टर, सहिद पार्क र बिभिन्न जातजातीको भेषभूसाको प्रर्दशन जस्ता पूर्वाधार बिकासले पनि खोज अनुसन्धानमा आउनेहरुकालागि सहज छ । कन्यामकै पर्यटकीय विषेशताका कारण हर्कटे, पाल्टांगी, छिपिटार, फिक्कललगायत क्षेत्रमा महंगो लगानीमा दर्जनौ सुविधा सम्पन्न होटलहरु खुलेका छन् ।
स्थानीयलाई सानो लगानीमा पनि राम्रो आम्दानी लिनकालागि कन्याम क्षेत्रका कोशेली घरले सघाएको छ । हिमश्रीङखलासहित नेपाल र भारतका थुप्रै स्थान कन्यामबाट देख्न सकिन्छ । चलचित्र र म्यूजिक भिडियोको सुटिङ कन्याममा बाक्लै हुने गरेको छ । लाप्चा भाषामा ठोठ्नेघारीलाई कन्द्यम भन्ने गरिन्थ्यो । त्यहि कन्द्यम शब्द बिकसीत भएर कन्यामम भएको हो । कन्याम अहिले देशकै उत्कउष्ठ पर्यटकीय स्थलका रुपमा बिकास भैसकेको छ ।

कन्यामका बिशेषताः

स्वदेशी पर्यटकको रोजाईमा पर्छ कन्याम । चिसो मौषम र यहाँको हरीयाली वातावरणले पर्यटकको मन लोभ्याउने गरेको छ । बनभोज खानका लागि तराईका ििबभन्न क्षेत्रबाट आउने पर्यटकले कन्याम भरीभराउ हुँने गरेको छ ।
कन्याममा पर्यटक बिशेषगरी चियाबारी डुल्न र तस्विर खिचाउन आउने गरेका छन् । बिभिन्न जातजातीको जातीय पोषाकमा सजिएर तस्विर खिचाउन, घोडचडीको आनन्द लिन पर्यटक रुचाउछन । घोडामा चढेर चियाबारीको फन्को मार्दा पर्यटकले आनन्द लिने गरेका छन । कन्याममा सूर्योदय नगरपालिकाको पहलमा सडक चौडा गर्नुका साथै बिभिन्न पार्क निर्माण गएिको छ । नगरले कन्याममा पर्यटकलाई लक्षित गर्दे सेल्फी पार्क , टिकटक पार्क निर्माण गरी आधुनीक प्रविधिमा जोडीरहेको छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले कन्याम सबै खाले पर्यटकको रोजाईको गन्तब्य भएकाले त्यहि अनुसार सिंगारने काम भैरहेको जानकारी दिनु भयो ।
कन्याम आएका पर्यटक घुमफीर पछि स्थानीय स्तरमा उत्पादन भएका परिकारहरु चिया, छुर्पी, ललिपप , अकबरे खुर्सानीको कोसेली लिएर फर्कीने गरेका छन् । साना साना घुम्तीमा सजाईएका कोसेली किन्न पर्यटकको तछाडमछाडनै हुने गरेको छ । कन्याममा बिदेशी पर्यटकलाई लक्षित गरी टी–टेष्टिङ एण्ड प्रमोसनल सेन्टर समेत निर्माणको काम भैरहेको छ । जहाँ स्वदेशी तथा बिदेशी पर्यटकले चियाका बिभिन्न स्वाद चाख्न र चियाको अभ्ययन अनुसन्धान गर्न पाउने छन् ।

प्रेम अधिकारीले गोरखापत्र अनलाईनमा लेख्नु भएको समाचार साभार गरिएको हो ।

घोडाचढीमा रमाउदै पर्यटक
जातीय पोषाकमा रमाउदै पर्यटक
कन्यामबाट देखिएको हिमालको दृश्य
पर्यटकका लागि राखीएका जातीय सामग्री
कन्याममा क्षण भरमै लाग्ने भुईकुहिरो
कन्याममा फस्टाउदे ठेला ब्यवसाय
कन्याम लेखिएको पार्कमा रमाउदै पर्यटक