संघीयतालाई सघाउदै स्वीट्जरल्याण्ड सरकार, स्वीस राजदुत सूर्योदयमा आयोजनाको अनुगमनमा

Breaking News Hot News Mukya Samachar Special News Trending अन्तर्राष्ट्रिय प्रदेश नं. १ प्रवास बिजनेस


१८ करोड अनुदानमा ४१ सिंचाई योजनाको निर्माण हुँदै

फिक्कल: नेपालका लागि स्वीट्जरल्याण्डका राजदुत एलीजावेथ भोन क्यापेलरले स्वीट्जरल्याण्ड सरकार नेपालका तीनै तहका सरकार संग समन्वय गरेर काम गर्ने बताउनु भएको छ । इलामको सूर्योदय नगरपालिकामा सोमबार आयोजना गरीएको कार्यक्रममा राजदुत एसीजावेथले नेपालको दिगो बिकासका लागि आफहरु संघीय, प्रदेश र स्थानीय सरकार संग समन्वय गरेर काम गर्ने बताउनु भएको हो ।
उहाले नेपालको संबिधानमा ब्यवस्था भए अनुसार तीनै तहका सरकार संग समन्वय गरेर आफहरु कम गर्ने जानकारी दिदै स्वीस सरकारले स्थानीय सरकारका छाना मुनी बसेर काम गरीरहेको जानकारी दिनु भयो । कृषिजन्य बस्तुको उत्पादकत्वमा वृद्धि गर्दै कृषकको आर्थिक बृद्धिदर बढाउने लक्ष्यका साथ दिगो कृषि विकास योजना सहित इलाममा भैरहेका सिंचाई योजनाको अनुगमन गर्न सूर्योदय नगरपालिका आईपुग्नु भएकी राजदुत एलीजावेथले नेपालको संघीय ढाचा अनुसार काम गर्न सके दिगो बिकासको आधार बन्ने बताउनु भयो ।

स्वीस सरकारको आर्थिक साझेदारीमा निर्माण भैरहेका सिंचाई आयोजनाको काम संगै कृषिजन्य बस्तुको उत्पादकत्व बृद्धि गर्न कृषि क्षेत्रलाई कार्यक्रममा जोडिने छ । दिगो बिकासको कार्यक्रम अनुसार उत्पादित बस्तु बजार सम्म लैजान सहयोग सहयोग गर्ने योजना रहेको राजदुत एलीजावेथले जानकारी दिनु भयो । उहाका अनुसार बहुसरोकारवाला सरकारी निकाय, नीजि क्षेत्र, उत्पादक(कृषक) र बजार सेवा प्रदायक(कृषि उपज संकलक) संग आफनो क्षेत्रको छलफलको थलो बनाई समस्या समाधानका लागि साझा धारणा निर्माण गरीने छ ।
उक्त कार्यक्रम अनुसार स्थानीय स्तरमा कृषिजन्य बसतुमा लाग्ने कर छुट, कृषि प्रसारका सेवा उपलब्ध , ब्यपारी, कृषक बिच सम्बन्ध सुधारका कार्यक्रम संचालन गरीने छ । समयानुकुलका बालि बिस्तार र उत्पादनका लागि बलिपात्रो निर्माण ,ब्यवसाय देखि ब्यवसायको छलफल , बजार मुल्य सूचना प्रणाली बारे जानकारी र समन्वय बिस्तार लगायतका कार्यक्रम संचालन गरीने राजदुत एलीजावेथले जानकारी दिनु भयो ।

सूर्योदय नगरपालिकामा भएको छलफलमा राजदुत एलीजावेथले नगरले गर्ने कार्यक्रम , योजना, आप्रवासनका समस्या, महिला तथा वालवालिकाको अवस्था , सूचना प्रविधिको पहुँच, सफ्टवेयर प्रणाली र तीन तहका सरकारले गर्ने योजनाका बारेमा नगर प्रमुख रणबहादुर राई सहित बिषयगत शाखाका प्रमुखहरु संग जानकारी लिनु भएको थियो । नगर प्रमुख राईले राजदुत एसीजावेथलाई नगरको बिकास योजना , रणनैतिक योजना, दिगो बिकासका संभावना र कृषि क्षेत्रका समस्या तथा संभावना बारे जानकारी गराउनु भएको थियो । नगर प्रमुख राईले नगरका योजना बारे जानकारी गराउदै साना सिंचाई योजनाको काम नमुनाको रुपमा संचालन भैरहेको बताउनु भयो ।
उहाले सूर्योदय चिया लगायत कृषिजन्य बस्तु उत्पादनको महत्वपूर्ण थलो रहेको जानकारी गराउदै यहाँका पर्यकीय स्थल र पर्यटकीय संभावना बारे समेत राजदुत एलीजावेथलाई जानकारी गराउनु भयो । उहाले संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा भैरहेका काम बारे जानकारी गराउनु भएको थियो ।

नेपालका लागि स्वीट्जरल्याण्डका राजदुत एलीजावेथलाई योजना बारे जानकारी गराउदै सूयोदयन गर प्रमुख रणबहादुर राई ।

कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलले भूमी उपयोग नीति र योजना निर्माण महत्वपूर्ण पक्ष भएकाले त्यस तर्फ ध्यान दिनु पर्ने बिचार राख्नु भएको थियो । उहाले प्राकृतिक तथा दैवि प्रकोप अन्र्तगत ११ प्रकृतिका योजना निर्माण गर्नु पर्ने बताउनु भयो । नगर प्रमुख राईले राजदुत एलीजावेथलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

नेपालका लागि स्वीट्जरल्याण्डका राजदुत एलीजावेथलाई मायाको चिनो हस्तान्तरण गर्दै सूयोदय नगर प्रमुख रणबहादुर राई

राजदुतद्धारा सिंचाई योजनाको निरीक्षण

सूर्योदयमा संचालिन सिंचाई आयोजनाको निरीक्षण गर्दै नेपालका लागि स्वीट्जरल्याण्डका राजदुत एलीजावेथ सहितको टोली ।

नेपालका लागि स्वीट्जरल्याण्का राजदुत एलीजावेथ भोन क्यापेलरले सूर्योदय नगरपालिकामा संचालित साना सिंचाई कार्यक्रमको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । स्वीस सरकारको आर्थिक सहयोगमा संचालन भैरहेका साना सिंचाइ योजना मध्ये राजदुत एलीजावेथले सूर्योदय १०को आहालेमा निर्माण भैरहेको आयोजनाको अनुगमन तथा निरीक्षण गर्नु भएको हो ।
कृषिको उत्पादकत्वमा वृद्धि गर्दै कृषकको आर्थिक बृद्धिदर बढाउने योजना सहित शुरु भएका योजनाको राजदुत एलीजावेथ सहित साना सिंचाई कार्यक्रमका तुलसी नेपाल, सुसिल श्रेष्ठ, जोसेफ र सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई सहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ । सिंचाई आयोजना निर्माण गर्दा स्वीस सरकारले स्थानीय उपभोक्ता समिति निर्माण गरेर काम गर्दे आएको छ ।

इलाम र पाँचथरमा स्वीस सरकारको १८ करोड अनुदानमा ४१ सिंचाई योजनाको निर्माण हुँदै

स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण भएको कुलो ।

साना सिचाई कार्यक्रम अन्र्तगत दोस्रो चरणमा सूर्योदय सहित इलाममा ८ वटा र पाँचथरमा ६ गरी १४ वटा पालिकाका ४१ स्थानमा सिंचाई योजना निर्माणको काम भैरहेको छ । उक्त आयोजना सम्पन्न गर्नका लागि स्वीस सरकारले १८ करोड, ४ लाख ९ हजार २ सय ६० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
यस अघि २० वटा योजनाको निर्माण सम्पन्न भैसकेको कार्यक्रमका इलाम–पाँचथर अन्र्तगत फिक्कल कल्ष्टर संयोजक केशव लामाले जानकारी दिनु भयो । उक्त आयोजना सम्पन्न गर्न स्वीस सरकारको ६ करोड २३ लाख खर्च भएको संयोजक लामाले जानकारी दिनु भयो । चालु आर्थिक बर्षमा इलाम र पाँचथर दुई जिल्लामा गरी थप ७० वटा योजनाको सम्झौता हुँने भएको छ । दुई जिल्लामा ७० वटा योजना संचालन गर्दा ५५ करोड १ लाख ४ हजार ७ सय खर्च स्वीस सरकारको तर्फबाट हुँने छ ।
उक्त कार्यक्रमका लागि स्वीस सरकारबाट ३० प्रतिशत, सघीय सरकारबाट २० प्रतिशत, प्रदेश सरकारबाट २० प्रतिशत, स्थानीय सरकारबाट २० प्रतिशत र उपभोक्ताबाट १० प्रतिशत लागत साझेदारीमा काम भैरहेको छ ।


Leave a Reply

Your email address will not be published.