इलामका अनाथ बालबालिकालाई सहयोग

  • 52
    Shares
इलामका अनाथ बालबालिकालाई सहयोग

इलाम: इलाम बजारका एक दम्पत्तिले इलामनगरपालिका ९ मा रहेको राहासल बाल गृहमा रहका बालबालिकाका लागि ३० हजार रुपैंयाँ बराबरको लत्ताकपडा प्रदान गर्नुभएको छ । इलामनगरपालिका ७ का प्रेम सापकोटा र उहाँका श्रीमती जुना सापकोटाले अनाथ बालबालिकालाई बिद्यालय पोशाक पन्ध्र सेट, मोजा लगायत अन्य कपडा गरेर ३० हजार रुपैंया बराबरको कपडा सहितका सामाग्रीहरु बितरण गर्नुभएको हो ।

उहाँहरुले खाजा खर्च बापत ३ हजार रुपैंयाँ समेत उपलब्ध गराउनु भएको थियो । सापकोटा दम्पत्तिले बालबालिकासंग बसेर उनीहरुको गुनासो समेत सुन्नुभएको थियो । बालबालिकाको गुनासो पछि उहाँहरुले त्यहाँ आश्रित बालबालिकाको पढाई लगायत बालगृह सञ्चालनका लागि आगामि दिनमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनु भएको थियो । युवा समाजसेवी प्रेम सापकोटा इलामका एक सफल युवा होटल ब्यबसायी पनि हुन्छ । यस्तै पर्यटन क्षेत्र लगायतका बिभिन्न क्षेत्रमा रहेर पनि काम गर्दै आउनु भएको छ । उहाँको इलाम नगरपालिका ७ मा ग्रिनभ्यू होटल सञ्चालनमा रहेको छ ।