इलामको फिक्कलमा नापतौल सहित बजारको अनुगमन

  • 250
    Shares
इलामको फिक्कलमा नापतौल सहित बजारको अनुगमन

फिककल: दशै नजिकीए संगै बजारमा उपभोग्य बस्तुको मुल्य बृद्धिको गुनासो उपभोक्ताहरुबाट आईरहेकै बेला इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा नापतौल सहित बजारको अनुगमन गरीएको छ ।सोमबार इलामका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापाँगाईको नेतृत्वको टोलीले चिया संकलन केन्द्रमा रहेका नापतौल( डिजिटल काटा) तराजु र किराना पसलको अनुगमन गरेको हो ।
सहायक प्रजिअ चापागाई, जिल्ला समन्वय अधिकारी हरि बहादुर दाहाल, घरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुख पदम कट्टेल, कार्यालयका युवराज घोर्साई, सूर्योदय नगरपालिकाका उद्योग अधिकृत इश्वरी प्रसाद अधिकारी, करदाता सेवा कार्यालय इलामका प्रतिनिधि सोनाम ओङगेल, सूर्योदय उद्योग बाणिज्य संघका प्रतिनिधि प्रज्वल प्रधान, गुणस्तर तथा नापतौल कार्यालय झापाका बिजयनन्द चौधरी, कामेन राजबंशी, इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर देवकुमार लिम्बु , फिक्कल प्रहरी चौकीका सई जलान्धर बराल , पत्रकार महासंघ इलामका प्रतिनिधि सहितको टोलीले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा केहि चिया संकलन केन्द्रले नेपालमा प्रतिबन्द लगाईएका भारतीय परम्परागत ढक प्रयोग गरेको, ढकको तौलम उल्लेख भए भन्दा कमी भएको पाइृएको छ । यसरी फेला परेका ढक अनुगमन टोलीले बरामद समेत गरेको छ । यस्तै कतिपय चिया संकलन केन्द्रले समयमा संस्था नविकरण नगरेको , बील भर्पाई नराखेको पाईएको छ । नापतौल कार्यालय झापाका बिजयनन्द चौधरीले डिजिटल काटा खरिद गरेको ३५ दिनमा दर्ता गर्नु पर्ने भए पनि कसैले दर्ता नगरेको पाईएको जानकारी दिनु भयो ।

यस्तै किराना पसलको समेत अनुगमन गरीएको छ । अनुगमन टोलीले सूनपा ९ को रम्फोकमा मिना खड्काले संचालन गरेको उत्साह किराना पसलमा अगुगमन गर्दा तोकीएको मुल्य अनुसारको खरिद मुल्य नभेटाएपछि १० हजार रुपैयाँ जरिवाना गरेको छ । २ हजार ९ सय पर्ने १ कार्टुन खाने तेलको खरिद बिल २ हजार ३ सयको मात्र भेटाएपछि भ्याट छली भएको भन्दै जरिवाना गरिएको छ । उनलाई कर कार्यालयमा जरिवाना बुझाउन र आगामी दिनमा गल्ती सुधार गर्न टोलीले सुझाव दिएको छ । रम्फोक , बरबोटे, फिक्कल बजारका किसाना र मदिरा स्टोरमा अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा केहि पसलमा म्यान गुज्रीएका, लेवल नभएका सामान फेला परेका छन । यसरी फेला परेका खाद्य बस्तु टोलीले नष्ट समेत गरेको छ । कतिपय पसलले दर्ता नविकरण नगरेकोे, कर चुक्ता नगरेको र बिल बिजक जारी नगरेको पाईएको छ । टोलीले कमीकमजोरी भएका पसललाई सुधार गर्नका लागि पत्र समेत थमाएको छ । जिल्लाको इलाम बजार, बिब्ल्याँटे , नेपालटार लगायतका बजारमा यस अघि नै अनुगमन गरिएको छ । सहायक प्रजिअ चापागाईले कसैले पनि उपभोत्ताको स्वास्थ्यमा खेलबाड गरेको र कर छल्ने काम गरेको पाईए कानुन अनुसार कारवाही गरिने बताउनु भएको छ ।