इलाम बजारमा सिटीमार्टको उद्घाटन

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस

इलाम : इलाम सदरमुकाममा निर्माण गरिएको जिल्लाकै सबैभन्दा ठूलो ब्यापारिक भवन सिटी मार्ट भवनको विहीबार उद्घाटन गरिएको छ ।
इलाम नगरपालिकाद्वारा निर्मित सिटीमार्टको उद्घाटन नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्बाङ्गले गरेका हुन
इलाम नगरपालिकाकाले १२ करोड १९ लाख ५४ हजार २३७ रुपैयाँको लागतमा भवन निर्माण गरेको हो । निजी लगानीकर्ताबाट तीन करोड आठ लाख ९१ हजार ४४० रुपैयाँ, प्रदेश सरकारको शसर्त अनुदानको ४० लाख रुपैयाँ र बाँकी इलाम नगरपालिकाको लगानीमा भवन निर्माण सम्पन्न गरिएको हो ।
२०७५ असार २३ गतेदेखि शुरु गरिएको भवनको निर्माण २०७८ भदौं ३० गते सम्पन्न भएको इलाम नगरपालिकाका इन्जिनियर दिपक गुरागाईले बताए ।चार तले लिफ्टसहितको भवनमा ९६ वटा ब्यापारीक सटरहरु रहेका छन् । भवनमा तीन सय ३० जना क्षमताको पार्टी प्यालेस र एक सय २० क्षमताको एक रेष्टुरेन्टसमेत रहेको छ ।
भवन उद्घाटन गर्दै प्रमु्ख बस्नेतले निजी, सार्वजनिक साझेदारी अन्गर्तत मुलुकमै पहिलो पटक इलाममा भवन निर्माण गरिएको बताए । इलाम नगरपालिकाले इलाम नगरपालिकासँगै जिल्लाको समृद्धिका लागि विकास निर्माणलाई तीब्र बनाएको उनले बताए । निर्माण कार्यहरु सम्पन्न भएकाले यो वर्ष इलाम नगरपालिकाको उद्घाटन वर्ष भएको उनले बताए ।
उद्घाटन कार्यक्रममा इलाम नगरपालिका वडा नं। ५ का वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठ, वडा नं। ९ का वडाध्यक्ष श्यामकृष्ण घिमिरे, नेपाली कांग्रेसका जिल्ला सचिव निरोज खड्गी, नेकपा एमालेका तिलक ठकूरी, उद्योग वाणिज्य संघका उपाध्यक्ष मदन श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई, हरित शान्ति अभियानकी रीना घिमिरेलगायतले शुभकामना मन्तब्य राखेका थिए । इलाम आवाजबाट

Leave a Reply

Your email address will not be published.