इलामको पशुपतिनगरमा नाका खुलेपछि चहलपहल शुरु

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस

फिक्कल: कोरोना संक्रमणका कारण लामो समय देखि बन्द भएको इलामको पशुपतिनगर नाका खुले पछि नेपाल–भारत दुबै तर्फ आउजाउ शुरु भएको छ ।
सरकारले भारतसँग जोडिएका नाकाहरु खुल्ला गर्ने निर्णय गरे संगै पशुपतिनगर नाका भएर नेपाल भित्रीने पर्यटक र ब्यपारीको चहलपहल शुरु भएको हो । पशुपतिनगर नाका भएर भारत जानेको संख्या पनि बढ्न थालेको छ । सीमा क्षेत्रका बजार तथा पसल संचालनमा आए संगै नाका खुल्ला गरिएपछि पशुपतिनगर भएर भारतीय र बंगाली पर्यटक नेपाल भित्रिन थालेको सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले जानकारी दिनु भयो ।
इलामको पशुपतिनगर लगायतका सीमावर्ती बजारहरुमा नेपाल र चिनमा उत्पादन भएका सामग्रीहरुको खरिद बिक्रि हुँदै आएको छ । पशुपतिनगर बजारमा भारतबाट आउने पर्यटक र भारतीय व्यपारीले खुद्रा तथा होससेलमा सामग्रीहरु खरिद बिक्री गर्दै आएका छन् । भारतीय पर्यटक र ब्यपारी सीमा क्षेत्र सम्म आएर नेपालका सवारी साधन प्रयोग गर्दै आएका छन् । नेपाल सरकारले सीमा खुल्ला गरेपनि भारत सरकारले औपचारीक रुपमा सीमा खुल्ला नगर्दा भारतीय सवारी भने नेपाल पस्न पाएका छैनन् । नेपालबाट भारत तर्फ जाने नेपालीलाई सीमानामा कुनै अवरोध छैन् ।
सीमा खुल्ला गरिए पछि कामको शिलसिलामा भारत गएकाहरु पशुपतिनगर नाका भएर घर फर्कीन थालेका छन् । दशै लगायका चार्ड मनाउनका लागि आउने नेपालीलाई समेत नाका खुल्ला भए पछि सहज भएको छ । इलामको पशुपतिनगर, मानेभञ्ज्याङ्ग, जौबारी लगायतका नाका भएर नेपाल भारत आउजाउ हुँने गरेको छ । यी नाका गत बैशाख २५ देखि बन्द भएका थिए ।
नेपाल भारत सीमा खुल्ला गरीए पनि कोरोनाको जोखीम कायम रहेकाले स्थानीय प्रशासनले नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई सीमानामा स्थापना गरेको हेल्प डेक्समा स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश दिने गरेको छ । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काका अनुसार कोरोना परीक्षण गरेको ७२ घण्टे रिर्पोट देखाए पछि अथवा संका लागे सीमानामै कोरोना परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिईदै आएको छ । लामो समयको बन्दाबन्दीका कारण यस अघि पशुपतिनगरबाट १ दर्जन ब्यपारी विस्थापित भएका थिए ।

Leave a Reply

Your email address will not be published.