सूर्योदय १० का पहिरो प्रभावित बालवालिकालाई आर्थिक सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस

फिक्कल: इलामको सूर्योदय नगरपालिका १० का तीन जना पहिरो पीडित बालवालिकालाई शक्ति समुहले आर्थिक सहयोग गरेको छ ।
सूर्योदय नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा शक्ति समुहले पहिरोले घरमा क्षती गरेका ती बालवालिकालाई प्रति ब्यत्ति ४ हजारका दरले १२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
शक्ति समुहका इलाम जिल्ला अधिकृत खगेन्द्र ढुगानाले नगर प्रमुख रण बहादुर राईलाई हस्तान्तरण गर्नु भएको उक्त रकम पीडित बालवालिका समिक्षा धमाला (११ बर्ष) , सानिभ्या धमला(२ बर्ष) र प्रिन्स गुरुङ (५बर्ष)लाई हस्तान्तरण गरिएको छ ।
उक्त रकम सूर्योदय १० का वडाध्यक्ष पेमा उगेन लामा र महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तारा शेर्पाले पीडित बालवालिकाका अविभाकको उपस्थितिमा हस्तान्तरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.