गायक लेखु विवशको उपचारका लागि बिदेशबाट आर्थिक सहयोग जुट्दै

  • 57
    Shares
गायक लेखु विवशको उपचारका लागि  बिदेशबाट आर्थिक सहयोग जुट्दै

फिक्कल: इलामका चर्चित गायक लेखु विवशलाई मुटु रोगले सताएको छ । केही महिना अघिमात्र पत्नि वियोगमा परेका विवश यतिबेला मुटु रोगको उपचार गराईरहेका छन् ।
संगीतलाई नजिकबाट चिनेका लेखुले रेडियो नेपालमा गित रेकर्ड गराएर निकै चर्चामा पुगे ।उनको उपचारमा विभिन्न कलाकार,सामाजिक ब्यक्तित्व तथा संघ संस्थाहरुले सहयोग गरिरहेका छन् ।केही दिन पहिला फिक्कल मास् बि पुर्व बिधार्थी मन्च मार्फत उपचार सहयोगार्थ ७८ हजार रकम हस्तान्तरण गरिएको छ ।

हङकङबाट फिक्कल मास् बिको पुर्व बिध्याथी, शिक्षक तथा बरिष्ठ संगितकार गणेश पराजुलीको सक्रियतामा इलाम नेपाल समाज हङकङ तथा हङकङमा रहेका नेपाली कलाकार एंवम सहयोगीहरुले रकम संकलन गरेका हुन् ।
उक्त रकम फिक्कल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली सुवेदी, रेडियो बुद्धवाणी एफ। एमका ।अध्यक्ष दिनेश महत,वरिष्ठ गायक कुबेर राई, गायक पुजन प्रधान, फिक्कल मा बि का पूर्व शिक्षक, पूर्व बिधार्थी, तथा पदाधिकारिहरुको उपस्थितिमा मन्चका अध्यक्ष दिपेन्द्र राईले हस्तान्तरण गरेका हुन् ।

लेखु बिवशको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको घरमै पुगेर सहयोग हस्तान्तरण गरिएको फिक्कल मन्चका संस्थापक सदस्य साथै संञ्चारकर्मी योगेश बस्नेतले जानकारी दिईएका छन् ।लेखुको उपचारका लागि अमेरीका लगायतका देशमा र फिक्कलका संगीत कर्मीले समेत सहयोग जुटाई रहेको बुझिएको छ ।