फिक्कलका गायक लेखु विवशको उपचारका लागि अमेरिकाबाट २ लाख सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

इलामका गायक लेखु विवशलाई उपचारका लागि सहयोग जुटने क्रम जारी रहेको छ । मुटु रोगको उपचार पछि घरमै आराम गरीरहनु भएका लेखुको उपचारका लागि देश बिदेशबाट सहयोग जुछने क्रम जारी रहेको हो । गरिरहेका छन् ।
गायक लेखुको उपचारमा कलाकार,सामाजिक ब्यक्तित्व तथा संघ संस्थाहरुले सहयोग गरिरहेका छन् ।बुधबार फिक्कल माध्यमिक बिद्यालयमा पूर्व बिधार्थी मन्च मार्फत उपचार सहयोगार्थ २ लाख १ हजार रकम हस्तान्तरण गरिएको छ ।
फिक्कल बजार निवासी हाल अमेरिकमा रहनुभएका गीतकार एंव साहित्यकार ज्ञानेन्द्र गदालको सक्रियतामा संकलन गरिएको उक्त रकम फिक्कल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली सुवेदी,प्रधानाध्यापक गंगा बहादुर महत , गायक कुबेर राई, गायक पुजन प्रधान, फिक्कल मा बिका पूर्व शिक्षक, पूर्व बिधार्थी, तथा पदाधिकारिहरुको उपस्थितिमा मन्चका अध्यक्ष दिपेन्द्र राईले हस्तान्तरण गरेका हुन् ।लेखु बिवशको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको घरमै पुगेर सहयोग हस्तान्तरण गरिएको मन्चका संस्थापक सदस्य प्रकाश ढकालले जानकारी दिईएका छन् ।यसअघि हङकङबाट गायक तथा संङ्गीतकार गणेश पराजुलीको सक्रियतामा ७८ हजार रकम हस्तान्तरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published.