ग्लोबल आईएमई बैंकको डिजिटल बैकिङ्ग सचेतना सम्पन्न

प्रदेश नं. १ बिजनेस सूचना प्रविधि

इलाम: ग्लोबल आईएमई बैंकले इलाममा डिजिटल बैकिङ्ग सचेतना कार्यक्रम सम्पन्न गरेको छ । हातको मोवाइलबाटै बैंकिङ्ग कारोबारमा ग्राहाकलाई उत्प्रेरणा जगाउने उदेश्यले ग्राहकहरुलाई डिजिटल कारोबारबारे जानकारी गराएको हो । ग्लोबल आईएमई बैंक इलाम शाखाको आयोजनामा इलाम नगरपालिका भित्र रहेका आफ्ना ग्राहाकहरुलाई हातको स्मार्ट फोनबाटै कसरी कारोबार गर्ने बारे जानकारी गराइएको शाखा प्रमुख पिताम्बर खड्काले बताए ।

सचेतना कार्यक्रममा ग्लोबल आईएमई बैंकको केन्द्रिय कार्यालयकी बजार प्रमुख शान्ता शिवाकोटी, बैंकिङ्ग कारोबार विभागका नरेन्द्र खड्काले उपस्थित बैंकिङ्ग उपभोक्तालाई डिजिटल बैकिङ्ग कारोबारबारे जानकारी दिएका थिए ।ग्लोबल आईएमई बैंकको देशभर २ सय ८७ वटा शाखा, ४८ वटा काउन्टर, २ सय ६३ शाखा रहित बैंकिङ्ग सेवा र २ सय ५२ एटिएम संचालनमा रहेका छन् । यस बैंकका देशभरमा २७ लाख बढी सेवाग्राही रहेका छन् ।

Leave a Reply

Your email address will not be published.