२० हजार राशीको निरा स्मृति पत्रकारिता पुरस्कार स्थापना

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस सूचना प्रविधि

इलाम : वरिष्ठ गीतकार सङ्गीतकार तथा गायक गणेश रसिकले हालै दिवङ्गत हुनुभएकी आफ्नी श्रीमती निरा शेरचन राईको नाम पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा भएको छ ।गणेश रसिक फाउन्डेसनको संस्थापक अध्यक्ष समेत रहनुभएकी स्व निरा शेरचन राईको सम्झनामा आज उहाँको ४५ औ दिनको पुण्य तिथिको अवसरमा प्रदेश न १ का पत्रकारितामा क्रियाशील पत्रकारलाई प्रदान गर्ने गरी रु २० हजार राशिको पुरस्कार घोषणा गरेको रसिकले जानकारी दिनुभयो ।

हाल ४५ औ दिनको कामको सन्दर्भमा आफ्नो जन्मथलो भोजपुरमा रहनुभएका रसिकले आफ्नी दिवगत श्रीमतीको सम्झनामा सो पुरस्कार स्थापना गर्ने निर्णयमा आफू पुगेको बताउनु भएको छ ।समाजमा योगदान दिने जो कोही व्यक्तिलाई सम्मान गर्नु पर्छ भने धारणा जीवनको अन्तिम समय सम्म आफ्नी आमाको रहेकोले पत्रकारिता जगतबाट समाजमा योगदान पुर्‍याउनेहरू मध्येबाट एक जनालाई हरेक वर्ष सम्मान पुरस्कृत गर्न सके आमाको आत्माले अझ शान्ति पाउने र समाजमा असल नियतका साथ योगदान दिने व्यक्तिमा प्रोत्साहन हुने ठानेर आफूहरू सो पुरस्कार स्थापना गर्ने मोडमा पुगेको छोरी निरजा राई प्रधानले जानकारी दिनुभयो ।

नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठान का पूर्व सदस्य सचिव एव रेडियो फिक्कलका अध्यक्ष समेत रहनुभएका रसिकले आफ्नो जीवनकालमा आफ्नी श्रीमतीको समाजमा राम्रो काम गर्नेलाई सधैँ हौसला प्रदान गर्नु पर्ने बताइरहने र जीवनमा आफ्नो लागी मात्र हैन समाजको लागि पनि केही गर्नु पर्छ भन्ने सोचका साथ आफूलाई हिम्मत दिइरहने गरेको स्मरण गर्दै परिवार आफन्त शुभचिन्तक सबैको राय अनुसार पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णयमा पुगेको बताउनुभयो । सो पुरस्कार हरेक वर्ष स्व निरा शेरचनको निधन भएको दिन प्रदान गरिने छ ।

यस वर्ष भने रेडियो फिक्कलको वार्षिक स्थापनाको दिन आगामी पौष १७ गते प्रदान गरिने भएको छ । पुरस्कार छनोट सहजीकरण र वितरण व्यवस्थापन गणेश रसिक फाउन्डेसनको समन्वयमा रेडियो फिक्कलले गर्ने छ । कोरोना सङ्क्रमण भए पछि ह्याम्स अस्पताल काठमाडौँमा उपचाररत रहेको अवस्थामा स्वर्गीय निरा शेरचनको गत कार्तिक १० गते निधन भएको थियो ।पुरस्कृत हुनेको नाम आगामी पौष १२ गते सम्ममा छनोट गरिने छ ।

Leave a Reply

Your email address will not be published.