रोशन गुरुङको पहलमा गायक लेखु बिवसको उपचारका लागि अमेरिकाबाट सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

१ लाख ६३ हजार रुपैया सहयोग

इलाम : मुटुको रोगबाट थलिएका गायक लेखु ’विवस’को उपचारको लागि अमेरीकाबाट गायक रोशन गुरुङको पहलमा १ लाख ६३ हजार रुपैया सहयोग प्राप्त भएको छ । अमेरीकामा रहेको नेपालीहरुबाट संकलित १ हजार ३ सय ८४ अमेरीकी डलर अर्थात १ लाख ६३ हजार २ सय ७५ रुपैया २५ पैसा सहयोग प्राप्त भएको हो ।

गायक रगुन गुरुङले बिवसलाई सूर्योदय नगरपालिका–१० फिक्कलमा रहेको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् । बिवसको उपचारको लागि गायक जगदिश समाल, रोशन गुरुङ, पत्रकार माधव गुरुङ, शेखर गुरुङ, हेम गुरुङ, तिलक श्रेष्ठ, नरेन गुरुङ, गजेन्द्र अधिकारी, हितमान गुरुङले समान १ सय १ डलर सहयोग गरेका छन् ।प्रभात भट्टराई र विकास गुरुङबाट ६१ डलर, धन गुरुङ र रामचन्द्र गुरुङ ५१ डलर, प्रेम गुरुङबाट ५० डलर प्राप्त भएको रगुन गुरुङले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published.