नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको दुग्ध उत्पादक किसानलाई दिईने अनुदानमा इकाई कार्यालय बिराटनगरको पक्षपाती काम

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस

खास किसानले पाउदैनन अनुदान

फिक्कल: नेपाल लाईभस्टक सेक्टर इनोभेसन प्रोजेक्ट(एन.एल.एस.आई.पी.) कार्यक्रम अन्र्तगत किसानले पाउनु पर्ने अनुदानमा विकेन्द्रिकरण सहयोग इकाई कार्यालय बिराटनगरले पक्षपाती काम गरेको पाईएको छ ।बिश्व बैङको सहयोमा दुध उत्पादन गर्ने किसान, सहकारी र फर्मका लागि संचालित उक्त परियोजनको बिराटनगरमा रहेको इकाई कार्यालयले प्रक्रिया पुगेका किसान , सहकारी र फर्मलाई अनुदान दिन आनाकानी गर्ने गरेको पाईएको हो ।
६ बर्षका लागि संचालित उक्त परियोजनाको ४ बर्षको अवधि बितिसक्दा ठोस काम देखिएको छैन । शिर्षक नै तोकेर परियोजनाले प्रस्ताव माग गर्ने गरेको छ । पहिलो पटकको प्रस्ताव स्र्वीकृत भएभछि परियोजनाले पूर्ण प्रस्ताव माग गर्ने गरेको छ । दास्रो पटकको प्रस्तावमा परियोजनाले माग गरेका कागजपत्र पुग्दा पुग्दै पनि कागजपत्र नपुगेको भनेर पत्र पठाउने गरेको पाईएको छ । उक्त परियोजनाले फिल्डको अवलोकन नै नगरी फिल्ड अवलोकन गरिएको भनेर पत्र पठाउने गरेको पाईएको छ ।
बिभेदकारी तवरले कार्यक्रम संचालन गरिए पछि इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जिल्ला दुग्ध उत्पादक सहकारी संघले बिरोध कार्यक्रम गरेको छ । संघका अध्यक्ष हेम कट्टेलले पूर्वका ७ जिल्लामा संचालित उक्त परियोजनाले खास किसानलाई समेटन नसकेको जानकारी दिनु भयो । उहाले परियोजनाका कर्मचारीले किसानलाइृ झुलाउने मात्र काम गरेकाले इकाईले आफना माग सम्बोधन नगरे वल्ड बैङलाई हारगुहार गरिने जानकारी दिनु भयो । उहाले बिभेधकारी अवस्था रहि रहे चरणबद्ध आन्दोलन गर्न बाध्य हुँने बताउनु भयो ।
कार्यक्रममा सहकारी कर्मी पदम गिरीले उक्त परियोजनाको काम झन्झटीलो रहेको बताउनु भयो । काम सकेका सहकारीलाई समेत भुक्तानी दिन परियोजनाले आनाकानी गर्ने गरेको उहाले बताउनु भयो । इलामका २० वटा सहकारी हाल उक्त परियोजनामा जोडिएर काम गरिरहेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति जिवन नेपालले यस्ता परियोजनामा माथि देखिको भागबण्डाका कारण किसान मारमा पर्ने गरेको बताउनु भयो । उहाले संघले गरेको बिरोध कार्यक्रम किसानका पक्षमा भएकाले आफुहरुले साथ दिने बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका नगर उपाध्यक्ष बिमल प्रधानले बिभेदपूर्ण ब्यवहार भएको पाईए सम्बन्धित निकायमा ध्यानकर्षण गराउनु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादक संघका केन्द्रिय सदस्य निर बहादुर प्रधानले परियोजनाको काम निक्कै झन्झटिलो रहेको बताउनु भयो । काम सक्दा पनि बिभिन्न कारण देखाएर इकाई कार्यालयले भुत्तानीमा समस्या गराएको बताउनु भयो। सूर्योदय नगरपालिका वडा नम्बर ६ का अध्यक्ष लेखनाथ खड्काले परियोजनाले बिभेदकारी काम गरेको भए नगर संग समन्वय गरेर कदम चाल्न किसान र सहकारी संघलाई आग्रह गर्नु भयो ।
नेपाल लाईभस्टक सेक्टर इनोभेसन प्रोजेक्ट(एन.एल.एस.आई.पी.) अन्र्तगत दिइृने अनुदानमा ५० प्रतिशत उक्त परियोजनाबाट, ३० प्रतिशत बैङक् लोन र २० प्रतिशत स्वयेमले गरी कार्यक्रम संचालन गरिदै आएकोे छ ।

आयोजनाले गरेको पक्षपाती कामको प्रमाण

घरेलुमा दर्ता नभएको आयोजनाको पत्र
घरेलुमा दर्ता भएको प्रमाण पेश गरिएको प्रमाण पत्र

Leave a Reply

Your email address will not be published.