इलामको रोङ गाउँपालिकामा फोहोरमैला संक्लन गर्ने नयाँ तरिका

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा
प्रेम अधिकारी:

सडक किनारमा कुनै प्रकारका फोहोरमैला देखिदैन । कच्ची सडक भएपनि सफा र हराभरा छ । सडक किनारमा १५/२० मिटरको फरकमा बासका सजावटाका सामग्री जस्तै देखिने डष्टविन राखिएको छ । सडकबा फालिएको फोहोर पर्यटक र स्थानीयले टिपेर उक्त डष्टविनमा लगाउने गरेका छन ।
इलामको रोङ गाउँपालिकाको सलकपुर क्षेत्रमा फोहोरमैला संकलनका लागि नयाँ तरिका अपनाईएको हो । स्थानीय क्षेत्रमा प्रसस्त पाईने बासबाट निर्माण गरिएको डष्टविन गाउँपालिकाले प्रयोगमा ल्याएको छ । ग्रामिण क्षेत्रमै सहजै र सौलियत मुल्यमा निर्माण गर्न सकिने बासको डष्टविन निक्नै प्रभावकारी भएको सलकपुरका पर्यटन ब्यवसायी कुमार मोक्तानले जानकारी दिनु भयो । सुन्तला उत्पादनका लागि प्रख्यात रहेको सलकपुरमा यो सिजन पर्यटकले भरीभराउ हुँने गरेको छ । पर्यटकको भिड बढेपछि फोहोरमैला बढ्ने भएकाले नयाँ तरिकाले फोहोर संकलन गरिएको गाउँपालका अध्यक्ष शम्सेर राईले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘कम खर्चमा गरिएको काममा सबैको ध्यान जादो रहेछ ।’ गाउँद्धरमा यस्तो डस्टविन निक्कै प्रभावकारी भएको उहाले बताउनु भयो ।
एउटा बासको टुक्राबाट एउटा डष्टबिन तयार पार्न सकिन्छ । रोङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मनिकुमार स्याङ्बोका अनुसार एउटा बासको डटटबिन बनाउदा एक सय पचास रुपियाँ मात्र खर्च हुने गरेको छ । एक जना ब्यक्तिले दिनमा १५÷२० वटा सम्म डष्टबिन निर्माण गर्न सक्ने वडाध्यक्ष स्याङबोले बताउनु भयो । सिंगो बासलाई फुटाएर आधा भागमा चोया बनाएर बुनेपछि डष्टविन तयार हुने गरेको छ । थोरै ठाउँमा गाडेर राख्दा पर्यटकीय क्षेत्रमा उक्त प्रयोग निक्कै प्रभावकारी देखिएको छ ।
वडाध्यक्ष स्याङबोल्े भन्नु भयो ‘स्थानीय स्तरमा उत्पादन भएको बासको प्रयोग भएको छ भने निर्माण गर्नेहरुले गाउँमै रोजगारी पनि पाएका छन ।’ रोङको सलकपर, झण्डीडाँडा क्षेत्रमा २ सय ५० बढी बासका उक्त प्रकारका डष्टविन राखिएको छ । झापाका पर्यटनकर्मी अर्जुन कार्कीले बासको सजवटको सामग्री जस्तो भएकाले सहजै पर्यटकको आँखा उक्त डष्टविनमा पुग्ने गरेको बताउनु भयो । उक्त डष्टविनको बाहिरी भागमा ‘फोहोर मलाई ’ लेखिएको छ ।
तराईबाट नजिक रहेको र पहाडी सौर्दयताले भरीपूर्ण सलकपुर , झण्डीडाँडा नयाँ पर्यटकीय गन्तब्यका रुपमा बिकास हुँदै गएका छन् । सुन्तला , एबोकाडो, कुरिलो , अलैँची जस्ता कृषि उत्पादनले कहलिएको सलकपुर क्षेत्रमा अहिले १२ वटा होमस्टे दर्ता भएर संचालन हुँदै आएका छन् । झण्डीडाँडा झुल्केघाम हेर्ने गन्तब्यका रुपमा बिकास भैरहेको छ । बिशेषगरी छिमेकी जिल्ला झापा सहित भारतीय पर्यटक उक्त क्षेत्रमा आउने गरेको जस्केलो सामुदायिक होमस्टेकी अध्यक्ष कौसिला तामाङले जानकारी दिनु भयो । उक्त क्षेत्रपुग्न रोङको हर्कटेबाट १७ र झापा काकडभिट्टाबाट २१ किलोमिटर यात्रा गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published.