रोङ गाउँपालिकाको थर्पुको साप्ताहिक हाटबजार ब्यवस्थित गरिदै

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस


गोविन्द पौडेल: एकदशक अघिबाट रोङ गाउँपालिका वडा ६ को थर्पुमा लाग्दै आएको साप्ताहिक कृषि हाट बजारलाई ब्यवस्थित गरिएको छ ।हरेक सोमबार लाग्ने हाटमा गाउँपालिकाको सहयोगमा स्थाई टहरा निर्माण गरेर ब्यवस्थित गरिएको हो ।
हाटबजारमा खुल्ला ठाउँमा ब्यपारीहरुले सामान बिक्री गर्ने गर्थे । गाउँपालिकाको १ लाख ५० हजार र स्थानियहरुको ३० हजारको लागतमा फलामे ट्रस्ट ,सिमेन्ट गरि ६ बटा टहरा निर्माण गरिएको निर्माण समितिका सचिव युवराज प्रधानले बताए । उक्त हाटमा स्थाई टहरा बनेपछि बजारको स्थाईत्वको बढ्नुका साथै ब्यापारीहरुलाई पनि सहज भएको छ ।उक्त हाट भर्न वडा न ५,६,सर्योदयको ५ र ६ का नागरिकलाई सहज बनेको स्थानियको भनाइ छ ।सोही निवासी गोपिकृष्ण भण्डारी,अनिल गुरुङले निस्शुल्क जग्गा दिएका थिए ।गोविन्द पौडेल:

Leave a Reply

Your email address will not be published.