फिक्कल: सूर्योदय नगर उद्योग बाणिज्य संघको दोस्रो साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको छ । संघका सभापति प्रमोद राईको अध्यक्षता तथा राष्ट्रिय वन पैदावार व्यवसायी संघका केन्द्रिय अध्यक्ष रोहित खड्काको प्रमुख आतिथ्यतामा संघको दोस्रो साधारण सभाको उद्घाटन सत्र समापन गरिएको हो ।
पशुपतिनगर उद्योग बाणिज्य संघ र फिक्कल उद्योग बाणिज्य संघको एकता भई स्थापना भएको सूर्योदय नगर उद्योग बाणिज्य संघको दोस्रो साधारण सभामा महासचिव राजन प्रधानले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष लोक बहादूर प्रधानले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा नेकपा एकिकृत समावादीका अध्यक्ष कमल गदाल, नेकपा माओवादी केन्द्रका सुर्योदय नगरका इञ्चार्ज प्रविन तिमसिना, नेकपा एमालेका नगर उपाध्यक्ष भोगेन्द्र बहादूर कार्की, नेपाली काग्रेसका सभापति जिवन नेपाल सूर्योदय १० का वडाध्यक्ष पेमाउगेन लामा लगायतले संस्था बलियो बनाउन नयाँ कार्यसमिति क्रियासिल हुनुपर्नेमा जोड दिए ।
साधारण सभामा कोरोना भाइरसको महामारीका कारण सदस्य संख्याको उपस्थिति कम भएपछि नेतृत्व चयनको काम भने माघ २९ गते गर्ने निर्णय भएको छ । उद्घाटन सत्रको समापनपछि भएको कार्यसमितिको बैठकले माघ २९ गते नेतृत्व चयनको काम पशुपतिनगर सेवा कार्यालयमा गर्ने निर्णय भएको हो । साथै संघले आफ्नो कार्यालय छुट्टै बनाउनका लागि जग्गा खोजि गर्न समिति समेत गठन गरेको छ ।