इलामको सूर्योदय नगरपालिकाको बरबोटे-गैरिगाँउ र बरबोटे-छिरुवा सडक कालोपत्रे हुँदै , नगर प्रमुख राईद्धारा शिलान्यास

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन बिजनेस

फिक्कल: इलामको सूर्योदय नगरपालिकाका गौरवका आयोजनाका रुपमा रहेका दुईवटा सडकको कालोपत्रे गर्नका लागि आज शिलान्यास गरिएको छ । सडक बिस्तारमा त्रिब्र गतिमा काम अगाडी बढाएको नगरले सूर्योदयन गरपालिका ९ बरबोटे, गैरिगाँउ,कजिनी सडक र बरबोटे,कट्टेबुग,छिरुवा सडक कालोपत्रे तथा स्तरउन्नती गर्नका लागि दुई सडकको एकसाथ शिलान्यास गरिएको हो ।
दुवै सडक नगरको बार्षिक कार्यक्रम अनुसार कालोपत्रे र स्तरउन्नती गर्न लागिएको छ ।नगर प्रमुख रणबहादुर राईले एक कार्यक्रमका बिच एकसाथ कालोपत्रे सडकको शिलान्यास गर्नु भएको छ । सडक खन्न थालीएको २० बर्ष पछि गैरिगाँउ,कजिनी सडक खण्डको १ किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का लागि सकेको छ । उक्त सडकको १७० घनमिटर कंक्रिड ढलान गरिने छ । उक्त योजना सम्पन्न गर्नका लागि काठमाण्डौको बी.डी.एस. कन्सल्टेन्ड कम्पनीले ६९ लाख ३१ हजार ५१ रुपैयाँमा २०७९ पुष २६ काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिसकेको छ ।
यस्तै बरबोटे,कटेबुङ,छिरुवा सडक कालोपत्रे डेढ किलोमिटर तथा डेढ किलोमिटर सडक स्तरउन्नती गर्नका लागि बौद्ध, सिंद्धकाली जेभीले ठेक्क सम्झौता गरिसकेको छ । कुल २ करोड २ लाख ५९ हजार १४ रुपैयाँको लागतमा निर्माण हुँने उक्त सडकको काम २०७९ चैत्र १ गते सम्पन्न हुँने जनाईएको छ ।
दुबै सडकको शिलान्यास पछि स्थानीय उपभोक्तालाई सम्बोधन गर्दै नगर प्रमुख रणबहादुर राईले नगरले योजना बनाएर काम थालेकाले नगरका ग्रामिण सडक कालोपत्रे गरिसक्न समय धेरै नलाग्ने बताउनु भयो । उहाले नगरको बिकास मोडल अनुसार काम भैरहेकाले धेरै सडक कालोपत्रे गर्ने क्रममा रहेको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘हामी आउदै गर्दा सडकको दुर्दशा थियो, अव धुलाम्मे सडकमा हिड्नु पर्दैन ।’ ‘बिकासको महसुस गर्ने स्थानीयले हो, सबै वडामा पक्की सडक पुराएरै छोड्छौ’ नगर प्रमुख राईले भन्नु भयो।
नगर प्रमुख राईले ५४५ वटा नगरका साना ठूला सडकको पूर्ण काम सक्न अव २५ बर्ष लाग्ने योजना नगरले बनाएको जानकारी दिनु भयो । उहाले बिगतमा योजना बिनै थालिएका काम पनि हाल नगरले सडक गुरु योजना निर्माण गरेर काम गरिरहेको जानकारी दिनु भयो । उहाले बिकासका काममा स्थानीयले समेत खवरदारी गर्नु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र शर्माले सडक कालोपत्रे भैसक्दा कृषि क्षेत्रको बजारीकरणमा सहज हुँने बताउनु भयो । उहाले गैरिगाँउ कजिनी सडकले कृषकलाई सहज हुँने र कटेबुग,छिरुवा सडकले किसान र पर्यटकलाई समेत सहज हुने बताउनु भयो ।
कार्यक्रममा बयोबृद्ध समाजसेवी टेक बहादुर गुरुङले आफहरुले लामो समय अघि शुरु गरेको कामलाई नगरले सार्थक्ता दिएको बताउनु भयो । यस्तै पुराना नेता सनतकुमार पराजुलीले २०२८ सालमा थालिएको सडक कालोपत्रे हुँने कुराले आफु हर्षित भएको बताउनु भयो।

कालोपत्रे गर्ने सडक शिलान्यास गर्दै नगर प्रमुख रणबहादुर राई


बिकास निर्माणका पहरेदारलाई सम्मान

सडक कालोपत्रे शिलान्यासका अवसरमा स्थानीय क्षेत्रको बिकासमा आफनो उर्जाशिल समय ब्यतित गरेका ब्यक्तिहरुलाई वडाले सम्मान गरेको छ ।

सम्मान पछि सामुहिक तस्विर खिचाउदै बयोबृद्ध समाजसेवीहरु

स्थानीय क्षेत्रको बिकासमा बिभिन्न राजनीतिक दलको नेतृत्व गर्दै तथा सामाजिक क्षेत्रबाट सघाउदै आउनु भएको टेक बहादुर गुरुङ, सनतकुमार पराजुली, मनिकुमार गुरुङ र पूर्व जि.वि.स सभापति लालबहादुर सुब्बलाई सम्ममान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो ।
नगर प्रमुख राईले बिकासका काम गरेरै बृद्ध अवस्थामा रहनु भएका ब्यक्तिको योगदानकै कारण सूर्योदयको बिकासले गति लिएको बताउनु भयो । वडाध्यक्ष शर्माले वडा नम्बर नौ को बिकासको बिगतमै रुपरेखा कोरेका ब्यक्तिलाई वडाले सम्मान गर्न पाउदा थप उर्जा मिलेको बताउनु भयो । सम्मानीत ब्यक्तिले समयमै गुणस्तरीय काम गर्न सुझाव दिएका थिए । कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

सम्मान ग्रहण गर्दै टेक बहादुर गुरुङ
सम्मान ग्रहण गर्दै सनतकुमार पराजुली
सम्मान ग्रहण गर्दै मनिकुमार गुरुङ

सूर्योदयन गरपालिकाले १४ वटै वडामा बाह्ै महिना यातायत संचालन हुँने गरी बाह्मासे सडक निर्माण गर्दै आएको छ । नगरले चालु आर्थिक बर्षमा ३ अव ५१ करोडका योजना नगरमा संचालन गरिरहेको छ । नगरको वडा नम्बर ५,८,१, ११, र ९ मा समेत कालोपत्रे सडकले छोईसकेको छ ।

Leave a Reply

Your email address will not be published.