मुक्तिनाथ विकास र्बैकद्धारा इलामको आदर्शका बिद्यार्थीलाई स्वीटर वितरण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस

इलाम: मुक्तिनाथ विकास र्बैक इलाम शाखाले मंगलबार एकसय विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । इलामको आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत एकसय जना विद्यार्थीलाइ स्वीटर वितरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाडोको समयमा विद्यालय जान समस्या नहोस भनेर स्वीटर वितरण गरेको इलामका ब्रान्च मेनेजर सुवास भट्टराईले जानकारी दिए । बैंकले सामाजिक रुपमा विभिन्न क्षेत्रमा कामगर्दै आएको भट्टराईको भनाई छ । गत पुस १९ गते बाट १६ औं वर्षमा प्रबेश गरेको यस बैंकले बार्षिक उत्सबको अवसरमा एकै साथ ३२ वटा शाखाको समुत्घाटन समेत गरेको थियो ।
“जनता बैकमाहोइन, बैक जनतामाजानु पर्दछ”भन्ने मुल नारा लिएको यस बैंकको देशभर १६६ वटा शाखा सञ्चालित रहेको भट्टराईले बताए । डिजिटल कारोवारमा जोड दिंदै आएको यस र्बैंकको एटिएम कार्ड प्रयोग गरि देशभरका भिसा नेटवर्कमा आबद्घ जुन सुकै एटिएमबाट निशुल्क रकमझिक्न सकिने ब्यवस्थासाथ सञ्चालनमा रहेको छ । त्यसै गरि मोवाइल बैंकिङ, क्युआर कोड, अनलाइनकर्जा तथा मुद्घतीआबेदन , अनलाइनखाताखोल्ने , इन्टरनेट बैंकिङ लगायतका सेवा प्रदानगर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.